नेपाली विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन्। नेपाल पर्यटनको हिसाबले निकै धनी देश भएको भन्दै हामिले पर्यटन विश्वविद्यालय स्थापना गर्ने सके त्यसले नेपालको पर्यटनलाई एउटा उचाईमा पुर्याउने पनि शाहको बुझाई रहेको छ।
शाहले नेपाल विद्यार्थी संघको अबको प्रमुख एजेन्डा पनि पर्यटन विश्वविद्यालय स्थापना गर्नुपर्ने नै भएको जिकिर गर्दै यो एजेन्डामा नेपाल विद्यार्थी संघले जोड दिनुपर्ने पनि बताएका छन्। हाम्रो प्रमुख एजेन्डा यहि हो जसरी पनि हामी पर्यटन विश्वविद्यालय स्थापना गरेर छोड्छौ शाहले भनेका छन्।
बिहीवार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व उपाध्यक्ष शाहले अब बन्ने नेपाल विद्यार्थी संघको नेतृत्वले मुद्धालाई निर्णय गरेर जाओस भनेर सुझाव पनि दिएका छन्। शाहले अब विकासको युग सुरु भएकाले अबको विद्यार्थी आन्दोलनको एउटा प्रमुख एजेन्डा यसैलाई पनि बनाएर लैजानु पर्ने तर्क गरेका छन्।




















प्रतिक्रिया