Logo

आजपनि सुनको मूल्यमा गिरावट



आइतबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो । 
यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ११ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।