मेषः– आर्थिक व्ययभार बढ्नेछ । आफन्तमा अविश्वासको वातावरण विकास हुनेछ । व्यर्थका काममा समय बढि खर्च हुनेछ । आफुबाट अरुले फाइदा लिनेछन् । व्यापारमा गरेको लगानी हिनामिना हुनसक्छ ।
वृषः– सामान्यतया दिन अनुकुल देखिन्छ । आम्दानीका दृष्टिले दिन राम्रो छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । निरोगीता बढ्नेछ । राजनैतिक चासो बढ्नेछ ।
मिथुनः– विगतका अवरोधहरु हट्ने छन् । रोकिएका काममा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । व्यापारबाट लाभ हुनेछ । मित्रहरुको सुझाव सल्लाहा मिल्नेछ ।
कर्कटः– आस्था र विश्वास बढ्नेछ । मानसिक तनावमा थोरै कमि आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । उपकारी काम हुनेछन् । उत्तेजनामा आएर काम नगर्नु होला घाटा हुनेछ ।
सिंहः– प्रतिकुल बातावरणमा बस्नु पर्ला । मानसिक तनाव बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।
कन्याः–वैदेशिक काम काजबाट सामान्य लाभ हुनेछ । दामपन्य जीवनमा थोरै सुखानुभूति हुनेछ । आफन्तको सहयोग अल्प मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।
तुलाः– सहज परिस्थितिमा काम गर्न पाईने छैन । दुर्जनहरुले दुःख दिन सक्छन् सतर्क भएर काम गर्नु होला । आफुमा भएको ज्ञान,शिप र क्षमताको प्रयोग गरेर अगाडि बढ्नु होला । परिश्रमको प्रतिफल मिल्नेछ ।
वृश्चिकः– दुविधाम नपरि स्पष्ट मार्ग चित्र कोरेर अगाडि बढ्नु पर्ने देखिन्छ । बाह्य सम्बन्धमा केहि सुधार आउनेछ । पढाई लेखाईमा त्यति ध्यान जाने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
धनुः– घरमा समस्या बढ्न सक्छन् । खानपानका कारण स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्छ । खर्चमा तिव्रता आउनेछ । उत्तेजनामा आएर कुनै काम नगर्नु होला । आर्थिक शोषण हुनसक्छ ।
मकरः– उद्योग,पराक्रम बढ्नेछ । अधुरा कामले प्राथमिकता पाउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सहज हुनेछ । पढाईमा कम ध्यान जानेछ ।
कुम्भः– कुरा भन्दा काममा जोड दिनु होला । नयाँ क्षेत्रमा लगानी गर्दा सोच विचार गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । दूर्जनहरु पछि लाग्न सक्छन् ।
मीनः– भ्रममा नपरि काममा लाग्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । राजनैतिक चासो बढ्नेछ । कहि कतैबाट आमन्त्रण हुनसक्छ । गतिरोधको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।


















प्रतिक्रिया