Logo

खेलकुद

पब्जी प्रतिबन्ध खारेजी माग गर्दै सर्वोच्चमा रिट दायर



इन्टरनेटमा आधारित गेम पब्जी प्रतिबन्धको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ ।महानगरीय अपराध महाशाखाको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमा प्रतिबन्ध लगाएको थियो ।

पब्जी गेममाथि लगाइएको प्रतिबन्ध असंवैधानीक र नेपाल पक्ष भएको कानुन समेतको विपरीत भएको भन्दै उक्त निर्णय बदरको मागसहित अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।