कतै तपाई पनि दुषित पानीको प्रयोगबाट झाडापखालाको शिखार त बन्नु भएको छैन । जानेर वा नजानिकन, देखेर वा नदेखिकन दुषित पानीको प्रयोगबाट विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् । स्वच्छ पानी भनेर पिउने गरिएको छ भने एक पटक राम्रो सँग उमालेर खाने गरौं । जसबाट झाडापखाला जस्ता महामारी रोगबाट बच्न सकिन्छ । अन्यथा महामारी रोगको शिखार नबन्नेला भन्न सकिदैन । यस्तौ भएको छ जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटमा ।
स्वच्छ पिउने पानी भनि दुषित पानी पिउदा त्यस क्षेत्रका सयौं मानिसहरु झाडापखालाको शिखार बन्न पुगेका छन् । गाउँदेखि ५ किलोमिटर टाढा रहेको ट्यांकीबाट ८७ घरपरिवारलाई वितरण गरिँदै आएको पानी दूषित भएपछि गत १० गतेदेखि स्थानीयहरुमा सामान्य झाडापखालाको लक्षण देखिएको थियो । दूषित पानीका कारण शुक्रबारसम्ममा बिरामीको संख्या बढेर १ सय ४८ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिवी जिसीले जानकारी दिए ।
बिरामीहरुको स्थानीय ठाउँमा नै सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविर, जिल्ला अस्पताल र बुटवलको गौतमबुद्ध अस्पतालमा उपचार भैरहेको छ । झाडापखालाको प्रकोप देखिएको ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीहरुको उपचार गरी स्थिति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको थियो । तर पनि झाडापखाला भने अझै नियन्त्रणमा आएको छैन । दूषित पानीका कारण फैलिएको झाडापखालाको प्रकोप बढ्दै गएको छ ।
दूषित पानीका कारण झाडापखाला फैलिए पछि प्रकोप बढ्दै गएको हो । गर्मी मौसम शूरु भएसँगै पानीका मुहानहरुमा प्रदुषित किटाणुहरु प्रवेश गर्ने गर्दछन् । नजिकैको मुहानबाट आएको पानी उमालेर खाँदा समेत मानिसहरुमा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्याहरु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।
गाउँका सबैजसो नै बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय, मुसिकोट नगरपालिकाको वडा नम्बर २, ३ तथा ४ ले संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । बिरामी परेका मानिसहरुमध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न डाक्टरहरुले बताएका छन् ।
गाउँमा आउने पानीको मुहानमाथि लुगाकपडा धुने गरेका कारण पानीमा प्रदुषण मिसिएको हुनसक्ने स्थानीयले बताए । साविकको वडागाउँ गाविस ३ मा पर्ने नुरखोलाबाट बगेको दुषित पानी स्थानीयले उपभोग गर्दै आएका छन् । करिव १५ बर्ष अघि पनि यस्तै खालको झाडापखलाको महामारीले यस क्षेत्रका जनता पिडित बनेका थिए ।




















प्रतिक्रिया