Logo

प्रमुख समाचार

लिखु गाउँपालिकामा मोतियाबिन्दुको अपरेशन सहितको नि:शुल्क आँखाशिविर सुरु



नुवाकोटको लिखु गाउँपालिकामा आजदेखी ३ दिने पालिका स्तरीय नि:शुल्क आँखाशिविर सुरु भएको छ ।

लिखु गाउँपालिकाको आयोजना र लायन्स क्लब अफ काठमाडौं कन्चनजङ्गा, लायन्स क्लब अफ मकालु ब्रक्ली, लायन्स क्लब सान्तरोजाको सहयोग तथा नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा संचालित मोतियाबिन्दुको अपरेशन सहितको बृहत नि:शुल्क आँखाशिविर कार्यक्रमको उद्घाट्न नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरशिंह केसीले गरेका छन् ।

लिखु गाउँपालिका ४ चौघडामा सन्चालन भएको शिबिर उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै केसिले स्बास्थ्य जनताको घरदैलो सम्म जन पहुँचमा पुर्याउन सरकारी तहबाट ध्यान दीनुपर्ने कुरामा जोड दिँदै नितिगत निर्णयले मात्र जनपहुँचमा नपुग्ने भन्दै ब्याबहारीक रुपमा स्थानीय तहसम्म पुर्याउन सरकारी अनुगमन र ब्यबहारिक कार्यान्वयन आजको आबस्यकता रहेको बताए।

फरक प्रसंगमा केसीले बर्तमान सरकारले बहुमतको दुरुपयोग गर्दै कर्म भन्दा पनि गफ दीनमा ब्यस्त रहेको भन्दै जनताको मतको दुरुपयोग गर्दै भ्रष्ट र दलाल हरुको चगुलमा नेपाल सरकार फसेको उल्लेख गरे ।

सो कार्यक्रममा काङ्ग्रेस जिल्ला सभापती जगदीश्वर नरशिंह केसि, गाउपालिका प्रमुख ध्रुब श्रेष्ठ, विद्यार्थी नेता शुशिल भट्ट, बिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।

स्बास्थ्य शिबिर बैशाख १७ देखी १९ गते ३ दिनसम्म संचालन हुने विद्यार्थी नेता निरन्जन थापाले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।