Logo

समाचार

त्रिविद्धारा मार्कसिट र ट्रान्सक्रिप्टमा यस्ता गल्ती हुने गरेको स्वीकार



त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्नातकोत्तर तह अँग्रेजी विषयमा अध्ययनरत विद्यार्थीको ट्रान्सक्रिप्टमा परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको खुलेपछि गल्ती हुने गरेको स्वीकार गरेको छ । एउटै ब्याज र उही विषय पढेका विद्यार्थी मध्ये केहीको हजार र केहीको ११ सय पूणार्ङ्कको ट्रान्सक्रिप्ट जारी भए सँगै उक्त लापरवाही स्वीकार गरेको हो । धेरै विद्यार्थीको चाप हुने र कम्प्युटर प्रिन्टपनि मानिसले नै गर्ने भएकाले मानवीय त्रुटी हुने स्वीकार गरेको हो ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययनरत विद्यार्थी मध्ये पहिले थेसिस गर्ने भनेर बसेका विद्यार्थीले विभिन्न कारणबस नभ्याए पछि ट्रयाजेडी वियोगान्त उपन्यासहरुको पढाई हुने विषय को परीक्षा दिएका थिए । उक्त परीक्षाको २० पूर्णाङ्कको ठाउँमा सय र ८० पूर्णाङ्क हुनुपर्नेलाई पनि सय नै उल्लेख गरिएको दुईथरी ट्रान्सक्रिप्ट जारी भएको हो ।

थेसिसको सट्टा ट्रयाजेडी विषयको लिखित परीक्षा दिएको तर २० पूर्णाङ्कको ठाउँमा सय र ८० हुनुपर्नेलाई पनि सय नै उल्लेख गरेर त्रिविले ११ सय पूर्णाङ्क बनाएछु विद्यार्थी बिष्णु चापागाई आक्रोशित हुँदै भन्छन्, ट्रान्सक्रिप्ट लिन तीन चोटी धाउनुपर्यो । दिने बेलामा गलत पो भिडाएछन् ।

उक्त लापरवाहीले आफुहरुलाई हैरान पारेको भन्दै अर्की विद्यार्थी सन्ध्या जोशी परीक्षा नियन्त्रण कार्यालयको यस्ता कार्य प्रति विश्वविद्यालय गम्भिर नहुँदा समस्या दोहोरिरहेको बताउँछिन् । ट्रान्सक्रिप्ट ल्याएर चारित्रिक प्रमाणपत्र लिईसकेको अवस्थामा ट्रयाजेडी को एसिसमेण्ट नम्बर नभएको ट्रान्सक्रिप्ट शैक्षिक प्रमाणपत्र छानबिन हुँदा समस्या पर्ने पक्का छु उनले भनिन् के गर्ने कसो गर्ने अलमलमा छु ।

१ सय ४० विद्यार्थी ७० जनाले थेसिस गर्ने र बाँकीले पेपर दिने तय भए पनि विचमा थेसिस दिने मध्ये ८ जना विद्यार्थीले परीक्षा नै दिने भएका थिए । उनीहरु मध्ये ४ जनाले हजार र बाँकीको ११ सय पूर्णाङ्कको ट्रान्सक्रिप्ट पाएको क्याम्पस परीक्षा शाखाका शालिग्राम पौडेलले जानकारी दिए । एउटै विषयको फरक फरक ट्रान्सक्रिप्ट जारी हुनु विश्वविद्यालयलाई बद्नाम गर्ने उद्देश्य हो की अज्ञानता वा लापरवाही हो यकिन नभएको उनले बताए ।

यो मात्रै हैन देशकै जेठो विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट पटक पटक यस्तै लापरवाही भईरहेका छन् । सोही क्याम्पसको वीवीएस तेस्रो बर्षका १ सय ३२ विद्यार्थीको प्राप्ताङ्क ९ भन्दा कम प्रकाशित भएको छ । क्याम्पसले ३८ हजार रुपैंया तिरेर सबै विद्यार्थीको पुर्नयोगका लागि लिखित पत्र पठाए पनि कुनै ठोस निर्णय नभएको क्याम्पस प्रमुख गोविन्द सापकोटाले बताए ।

एसएलसीमा डिस्टिङ्सन प्लस टुमा फस्ट डिभिजन ल्याएका विद्यार्थीको ब्याचलरमा आए पछि ४ नम्बर मात्रै कसरी हुन सक्छ ? प्रश्न गर्दै उनी भन्छन्, सबै तहमा राम्रा विद्यार्थीको ४ नम्बर मात्र आउनु र सबै विद्यार्थी फेल हुनु हुनै सक्दैन, तर यस्तै भयो । हेर्नुहोस् ट्रान्सक्रिप्ट ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ०२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।