Logo

अन्तर्राष्ट्रिय

रुसमा आपत्कालीन अवतरण गर्ने क्रममा विमानमा आगलागी, ४१ जनाको ज्यान गयाे



रुसमा एक यात्रुवाहक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको हो ।

विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते भएको बीबीसीले खबर लेखेकाे छ।

रुसको सरकारी विमान कम्पनी एयरोल्फोटका अनुसार विमानमा केही समस्या देखिएपछि विमानस्थलतर्फ फर्काइएको थियो । यसबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन ।

सामाजिक सञ्जालमा आइरहेका भिडियोमा यात्रुहरु विमानको आपतकालीन् ढोकाबाट निस्केर भागिरहेका छन् । भिडियोमा विमान अवतरण भइरहेको र कालो धूवाँ फालिरहेको देखिन्छ ।

सुखोइ सुपरजेट १०० विमान मस्कोको शेरमियतएभो विमननस्थलबाट मारमास्कको लागि उडान भरिरहेको थियो । विमानमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही समयपछि नै विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गरिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ०३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।