Logo

मनोरञ्जन

अमिताभ बच्चन अस्वस्थ, बाहिर निस्कन नसक्ने जानकारी



बिग ‘बी’ को नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकहरूले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौँ प्रतीक्षा गर्न पनि पछि पर्दैनन्।

अमिताभ पनि उनीहरूलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर घरको गेट बाहिर उभिएका हज्जरौँ प्रशंसकलाई नमस्कार गरेर हात हल्लाएर अभिवादन गर्छन् । यो क्रियाकलाप करिब १५ देखि २० मिनेटसम्म हुन्छ । तर अस्ति आइतबार यस्तो हुन सकेन ।

अमिताभले सोसल मिडियामा स्वास्थ्यमा आएको खराबीका कारण आफूले यस्तो गर्न नसकेको जानकारी दिए ।७६ वर्षीया बच्चन ३६ वर्षदेखि हरेक आइतबार जुहुस्थित आफ्नो आवास जलसामा प्रशंसकमाझ उभिन्छन् । उनको यो साप्ताहिक भेट कार्यक्रमको नाम ‘सन्डे दर्शन’ हुन्छ । तरआइतबार (२२ बैशाख) मा उनी प्रशंसकसामु आउन सकेनन् ।

आफ्नो ट्वीटर अकाउन्टमा उनले यसबारे जानकारी दिँदै लेखे, ‘आज सन्डे दर्शन गर्ने छैन । तपाईंहरू सबैलाई यो जानकारी दिन चाहन्छु कि स्वास्थ्य खराब छ, चिन्ताको कुनै कुरा छैन, बाहिर मात्र आउन नसक्ने भएको छु ।’फिल्मको कुरा गर्ने हो भने बच्चन यतिबेला ‘ब्रह्मास्त्र’ र ‘तेरा यार हूँ’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १४:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।