कलाकार तथा चलचित्र निर्माता दिपकराज गिरीले बिहे गर्न मन भएका नायिकाले पहिले आफुसँग चलिचित्र खेल्नु पर्ने भन्दै ठट्यौली गरेका छन् । केहि दिन अघि नायीका पुजा शर्माको बर्थ डे सेलेब्रेसनमा पुगेका गिरीले अविवाहित नायिका शर्मालाई इंकित गर्दै बिहे गर्न मन भए पहिला आफुसँग चलचित्र खेल्न प्रस्ताव गरेका थिए ।
यस अधि वडा नम्बर ६ र छक्का पञ्जा को दुई सिरिजमा काम गरेकी अभिनेत्री प्रियंका कार्की आउँदो असारमा प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिन् । उनले यस अघिनै जोशीसँग टिकाटालो गरिसकेकी छन् । भने छक्का पञ्जा मा दीपकको श्रीमतीको भूमिका निभाएकी अभिनेत्री वर्षा राउतको गएको फागुनमा अभिनेता तथा व्यवसायी संजोग कोइरालासँग विवाह भइसकेको छ ।
यस्तै छक्का पञ्जा ३ मा दीपकसँग जोडी बाँधेकी अभिनेत्री दीपिका प्रसाइँले पनि आफ्ना प्रेमी निर्देशक दिवाकर भट्टराईसँग लगनगाँठो कसेका छन् । ख्यालख्यालैमा दिपकले चोटीलो कुरा गरे पछि माहोल निकै जमको थियो ।





















प्रतिक्रिया