Logo

राजनीति

सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्नु: काठमाडौं जिल्ला प्रशासन



काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्न आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था भयावह रहेको भन्दै काठमाडौं प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

साथै प्रशासनले काठमाडौंमा मानिसको भीडभाड अत्यधिक भएको भन्दै कोरोना संक्रमण रोकथाममा निकै चुनौति थपिएको समेत जनाएको छ । ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यस्तै जिल्ला प्रशासनले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न गर गराउनू सबैमा आग्रह पनि गरेको छ । प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ । 

काठमाडौं जिल्ला प्रशासनले निकालेको बिज्ञप्ति:

kathmandu-cdo_20201201070800.jpg 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।