सिरहाको बरियारपट्टी गाउँपालिकामा गाउँलेको कुटपिटबाट वडा न ४ सोहनपुर बस्ने २२ वर्षिय सैनिक जवान अनिस कुमार सिंहको मृत्यु भएको छ ।
गाउलेले घेरा वन्दीमा पारेछि थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट आएका प्रहरी र स्थानीयबीच ३ बुद्धे सहमतिपछि घेरावन्दी र सडक अबरुद्ध खुलेको थियो ।
स्थानीय तेनुवापट्टी गाउँका विरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा विजुली पोलमा बाधेर नाङगै पारी कुटपिट गरेका थिए । सैनिक जवानको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीले जनाएको छ ।
गत वैशाख २८ गते शनिवार राती १२ बजे आधारभुत प्राथमिक विद्यालय पूर्व उत्तरमा रहेको क्लबको घरमा विजुलीको पोलमा बाँधिएर भएको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते विरेन्द्र सैनिक अस्पताल छाउनी काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट मृत्यु भएको विरोधमा दोषीलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गर्दै बिहीवार स्थानीयबासीले सिरहाको जिरोमाइल–बरियारपट्टी सडक खण्डमा विहान देखि साँझसम्म सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गर्नुका साथै प्रहरी समेत मुकदर्शक बन्ने गरी ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेरा बन्दीमा लिएको थियो ।
छलफलमा मुकदर्शक बनेका प्रहरीलाई कारवाही, दोषीलाई हदै सम्मको कारबाही, तीन दिन भित्र अपराधीलाई पक्राउ गरी कारबाही अगाडी बढाउने सर्तपछि सडक अवरुद्ध खुलेको ईलाका प्रहरी कार्यालय महेश्पुर पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।




















प्रतिक्रिया