काठमाडौको गैरीगाउँ सिनामंगलस्थित काठमाडौँ विनायक शिक्षालय (केभीएस)ले अन्तर विधालय स्तरीय छात्र फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
“केभीएस कप २०७६’ नाम दिइएको प्रतियोगीता यही जेठ १५ गते गणतन्त्र दिवसको दिनबाट सुरु हुनेछ । विधालयहरुसँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन गर्ने उद्येश्यले केभीएस कप २०७६ को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
सोमबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि काठमाडौ विनायक शिक्षालयले केभीएस कपको आयोजनाबारेको पत्रकार संमेलन गरि जानकारी दिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि सुरु हने प्रतियोगीता जेठ २५ गतेसम्म नक्साल स्थित सानो गौचन खेल मैदानमा संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा काठमाडौका कुल १६ वटा विधालयहरुको सहभागीता रहने र सहभागी टिमलाई ४ समुहमा विभाजन गरि लिग बेसिसमा प्रतिष्पर्धा गराई उत्कृष्ट ८ टोली छनोट गरेर प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी प्रथम ,द्धितिय तथा सेमिफाइनललिष्ट टोलिहरुलाई क्रमश नगद पचास हजार ,तीस हजार र दश दश हजार सहित टफि र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगीतको उद्घाटन जेठ १५ गते बुधवार सानोगौचरण खेल मैदानमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्ने बताइएको छ । प्रतियोगीताका सम्पुर्ण खेलहरु नेशनल रेफ्री र एन्फाका रेफ्रीहरुले संचालन गर्ने छन् । १० दिन सम्म चल्ने प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
प्रथम केभीएस कपले विधार्थीहरुको चौतर्फी विकासमा सहयोगीहुने र देशका लगी योग्य खेलाडि उत्पादनमा सहयोग पुुर्याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको केभीएसका प्रिन्सिपल सम्झना लामाले जानकारी दिए ।




















प्रतिक्रिया