अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्राईभेट लिमिटेडको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा बहुमतको नेकपाको मजदुर युनियन समग्र उद्योग ट्रेड युनियनमाथि नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल कारखाना श्रमिक संघले सानदार रुपमा विजय हासिल गरेको छ ।
सोमबार बारा जिल्लाको परवानिपुर गाउँपालिका वार्ड नम्बर ३ स्थित उक्त कारखानामा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपाको मजदुर युनियन समग्र उद्योग ट्रेड युनियनलाई ६२ मतका विरुद्ध ७७ मत प्राप्त गरी अध्यक्षमा रामबाबु जसवाल विजय भएको कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले जानकारी दिए ।
यो पनि पढ्नुहोस् !
भारतमा धेरै सल्बलाएको कम्युनिष्ट सकियो, अब यता पनि सकिन्छ : डा रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेकपा नेतृत्वको सरकारले संविधान परिवर्तन गरेर राष्ट्रपतीय प्रणालीमा जाने तयारी गरेको बताएका बताएका छन् ।
नेपाल प्रेस युनियनको २८ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले भने, ‘कार्यकारी राष्ट्रपति चाहिन्छ भन्नेमा बाबुराम भट्टराईजी भित्रैदेखि कन्भिन्स हुनुहुन्छ ।
प्रचण्डजी अझ अधिकार चाहियो भनिरहनुभएको छ । ओलीजीलाई धेरै अधिकार चाहिएको गलत होला तर सरकारलाई धेरै अधिकार चाहिन्छ भन्ने लाइन हो उहाँको ।’
डा. रिजालले नेपाली कांग्रेसलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ने बताए । ‘विचार दर्शनको कुरा गर्दै जाँदा हामी पुराना छैनौं’, उनले भने, ‘हामीलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ला । बरु उता धेरै सल्बलाएको कम्युनिष्ट सकियो, अब यता पनि सकिन्छ कि भन्नेतिर उहाँहरुले सोच्नुपर्यो ।’
यो पनि पढ्नुहोस्
विप्लवलाई देखाएर ओलीको संविधान फेर्ने तयारी : डा शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले देशमा संविधान संशोधनको खतरा बढेको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री डा. कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपालाई देखाएर संविधान फेर्ने खतरा देखा परेको बताए ।
नेकपा नेतृत्वको सरकारले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने खतरा देखिएको कांग्रेस महामन्त्री डा कोइरालाले बताए । ‘मलाई के लाग्छ भने यिनीहरुले विप्लवसँग वार्ता गर्छन्’, उनले भने, ‘वार्ता गरेर विप्लवलाई पनि ल्याउँछन् ।’
महामन्त्री डा कोइरालाले विप्लवलाई मूलधारमा ल्याउने बहानामा संविधान संशोधन गरेर संसदीय प्रणाली नै हटाउने खतरा बढेको बताए ।‘एउटा खतरा कहाँनेर छ भने हाम्रो जुन संविधान छ, यसैलाई देखाएर, विप्लवलाई पनि ल्याउनुपर्यो त्यसैले संविधान संशोधन गर्नुपर्यो भन्ने अभिप्रायले हाम्रो संविधान नै संशोधन गरिदिने खतरा छ’, उनले भने ।




















प्रतिक्रिया