नेपाली काँग्रेस कास्कीले विशाल र्याली सहित सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार बसेको संयुक्त बैठकले जेठ २५ गते विशाल र्याली सहित सभा गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रम अन्तर्गत र्याली सहित सभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
विशाल र्याली विहान ११ वजे पोखराको पृथ्वीचोकबाट शुरु भई नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुङगा विपी चोकमा पुगेर सभामा परिण हुने छ । र्यालीमा पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्थाबाट आ–आफ्नो व्यानर सहित सहभागित जनाउन आग्रह गरिएको छ ।
बैठकले क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थिति जनाउन निर्णय गरेको छ । र्यालीको अनुगमनका लागि डिएलए कास्की, शिक्षक संघ र नेपाल प्रेस युनियन कास्कीलाई जिम्मेवारी दिइएको छ ।
‘प्रथम चरणको जागरण अभियानको समापनको अवसरमा यो र्याली निकाल्न लागेका हौं’, सभापति केसीले भने, ‘र्याली व्यापक बनाउनका लागि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियताका साथ सहभागिता जनाईदिन म आग्रह गर्दछु । बैठकमा पार्टीका पदाधिकारी, भातृ संस्था तथा शुभेच्छुक संस्थाको सहभागिता रहेको थियो ।




















प्रतिक्रिया