Logo

प्रमुख समाचार

सु्दुुर पश्चिममा भीषण हावाहुरी, ९ जना घाइते थप विबरण आउन बांकी



सु्दुुर पश्चिम प्रदेशको मुख्य मुख्य ठाउँका साथै कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि ९ जना घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालहरुमा भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ ।

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायाव अवरुद्ध रहेको छ । कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका कलाकार पक्राउ

इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ ।गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका त्यहाँबाट पत्रकारले जानकारी दिए ।

मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका आयोजक र कलाकारलाई पुत्राजायामा रहेको अध्यागमनमा लगिएको छ ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।