कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा आँधीले वितण्डा मच्चाएको छ । अहिलेसम्म घाइतेको संख्या २२ पुगेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पुर्याएको उनले बताए । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ ।
धनगढी उपहानगरपालिकाका क्षेत्रमा बढी क्षति पुर्याएको छ । बिजुलीका पोलहरु र रुख ढलेर विद्युत सेवा अवरुद्ध भएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ८:४० बजे हावाहुरी रोकिएको तर वर्षा भइरहेको छ ।
हावाहुरीले कञ्चनपुरका विभिन्न क्षेत्रमासमेत क्षति पुर्याएको छ ।
पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् ।
धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।
कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीना ९छतमा जाने बाटो०को जस्ताहरु उडाएको छ ।
स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।
धनगढीका होटल सुनगाभाका सञ्चालक सुदीप क्षेत्रीको पनि हावाहुरीेले घरको छाना उडाएको छ भने उनको दुईलाख लागानीको सटरिङ उडाएको छ । श्रेष्ठले शुक्रबार छत हाल्ने तयारी गरेका थिए । कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ ।
‘हामीलाई धेरै ठाउँबाट रुखहरु ढलेर मानिसहरु च्यपिएको खबर आइरहेको छ, तर जान खोज्दा बाटो अवरुद्ध छ’ कैलालीका एसपी सुदीप गिरिले भने । उनले कैलालीभरका सबै प्रहरीलाई मानवीय उद्धारमा खटाएको बताए । ‘म आफैँ पनि फील्डमा छु, सबै प्रहरीलाई उद्धारमा खटिन निर्देशन दिएको छु’ एसपी गिरिले भने । कैलाली र कञ्चनपुरमा अहिलसम्मकै ठूलो बेगको हावाहुरी आएको अनुमान गरिएको छ ।




















प्रतिक्रिया