Logo

प्रमुख समाचार

चार देशका लागि राजदूत सिफारिस, को कहाँ-कहाँ ? (नामसहित)



सरकारले अष्ट्रेलिया लगायत चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया सहित स्पेन, बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो ।

बैठकले अष्ट्रेलिया का लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, बंगलादेशका लागि बंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो ।

सिफारिस भएका दाहाल, मिश्र र भारद्वाज नेकपा निकट मानिन्छन् भने शेर्पा केही महिनाअघि पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएका आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले करोडौ भ्रष्टाचार गरेको खुलासा !

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकोे प्रदेश सरकारले करोडौं भष्ट्राचार गरेको खुलासा भएको छ। अघिल्लो आर्थिक बर्ष रारा राष्ट्रिय महोत्सवको नाममा करोडौं भष्ट्राचार भएको खुलेको हो।

रारा भर्मण शिर्षकमा खर्च भएको ७८ लाख १६ हजार रुपैयाँ वेरुजु देखिए पछि मुख्यमन्त्री शाहीले एक्लै भष्ट्राचार गरेको खुलेको हो। उनले ७८ लाख १६ हजार रारा भर्मण भनेर खर्चको हिसाव किताव देखाएका छन तर त्यो कहाँ, कसका लागि र किन खर्च भयो भनेर स्पष्ट पारेका छैनन्।

रारा भर्मण बर्षमा उनले भ्रमणनै गरेका भएपछि ७८ लाखको भ्रमण कहाँ गएर गरे। उनी साँच्चै रारा गएकै हुन भने सरकारले उनलाई ब्यहोर्ने खर्च भनेको उनीसहित ३ जनाको खर्च हो। एक उनी आफै अर्का एक जना उनको सुरक्षाका लागि खटाइएका पिएसओ र एक जना स्वकिय सचिव। तिन जना रारा पुग्न कति खर्च लाग्छ, त्यहाँको बसाई, खुवाई र हिडाईको खर्च कति आउँछ रु कर्णालीका जनतालाई राम्रोसंग थाहा छ।

कति खर्च लाग्छ रारा पुग्न ?

सुर्खेतबाट ठुला बडाहरु गाडीमा जाने कुरा आउँदैन। यदी गाडीमै गएको भए सायद यस्तो वेरुजु देखिदैन थियो होला किन कि उनीसंग २ करोडको सुविधा सम्पन्न गाडी छदैछ। खानाको त झन सामान्य मासु भात खाँदा प्रतिखाना तिन सय रुपैयाँ भन्दा धेरै पर्ने होटल कर्णालीमा छैन। बडिमा १० हजार भयो भने फालाफाल हुन्छ राराको यात्रा मुख्यमन्त्रीका लागि। गाडीको कुरालाई यहीं विट मारौं।

अव हवाई जहाँजको कुरा गरौं । सुर्खेत देखि ताल्चा विमान स्थलसम्मको भाडा दर ३ हजार देखि ९ हजार सम्मको छ। त्यहाँ तारा एयर र नेपाल एयरलायन्सका जहाँजहरु सेवा दिइरहेका छन तर त्यो पनि भर पर्दो छैन। अव विकल्प हो हेलीकप्टरको। हेलीकप्टर पनि आर्मीको बाहेक चढ्ने कुरा छैन किन कि उनी मुख्यमन्त्री न परे रु सुर्खेतबाट मुगु गएको र मुगुबाट सुर्खेत झरेको अधिकतम २ लाख भन्दै धेरै पर्दैन।

अव कुरो आयो खानाको अनुमान गरौं ३ जनाले खाना खाँदा दिनमा १० हजारकै खान्छन। अझ यसमा प्रदेशकी महिला प्रमुखलाईसंगै लगे त्यसमा केही थप्न सकिएला। अन्य केही खर्च जोडौ ३ लाखै पुग्यो। अन्य भन्नाले कार्यक्रता भेटघाट जिल्ला भ्रमण आदी इत्यादी।

७८ लाख खर्च गर्नका लागि उनी बर्षमा २५ चोटी रारा गएको हुनुपर्छ। तर उनको भ्रमण रेकर्डमा २ चोटी भन्दा धेरै गएको देखिदैन। ७२ लाख कहाँ गयो यो जनताले खोज्न पर्छ की पर्दैन ?

कुरा त्यती मात्रै होइन उनका मन्त्रीहरुको पनि लाखौं बेरुजु देखिएको छ। त्यो लाखौं वेरुजु मध्य केही लाख मुख्यमन्त्रीको भागमा पर्ने गरेको छ। ७२ लाख चोखो भष्ट्राचार गरेकै छन भने अन्य मन्त्रालयबाट आउने भागले गर्दौ उनले करोडौं भष्ट्राचार गरेको स्पष्ट हुन्छ।

यस अघि पनि आफ्नी धर्म पत्निलाई खेताला शिक्षक खटाएर अर्को ठाउँमा जागीर खुवाई रकम हसुरेको तथा सामान्य औलामा चोटलागेका उनलाई जिल्ला स्थित शान्ति समितिबाट पूर्ण अपांगताको भत्ता बुझेर करोडौ राज्यको सम्पति लुटेको जगजाहेरै छ। अझ क्यान्टिनमेन्टको भष्ट्राचारको कुरै नगरौं। भष्ट्राचार गर्न सिपालु छन कर्णालीका मुख्यमन्त्री शाही।

७८ लाखले के हुन्थ्यो ?

मुख्यमन्त्रीको घर अगाडी बन्न लागेको रास्कोट सामुदायिक अस्पताल निमार्णका लागि संचारकर्मी रवि लामीछानेले सर्वसाधारणसंग गुहार माग्नु पर्ने थिएन। कहिले टेलिभिजबाट कराउने, कहिले विदेश भ्रमण गरेर पैसा उठाउने त कहिले को बन्छ करोडपतिमा गएर कर्णालीको बेइजेत हुने थिएन। अझ भनौं आफ्नै गाउँमा बन्न लागेको हस्पिटलका लागि गुहार माग्न किन लगाएको होला भनेर मुख्यमन्त्रीको आलोचना र अपमान पनि हुने थिएन।

मुख्यमन्त्रीले चाहेको खण्डमा करोड रुपैयाँ त्यो हस्पिटलका लागि खर्च गर्न कुनै आइतबार पर्खनु पर्ने थिएन। ७८ लाख भएको भए रास्कोटले सरकारी अस्पताल पाउने थियो र जनताले निशुल्क स्वास्थ्य शुविधा पाउने थिए। र जनताले मुख्यमन्त्रीको जयजयकार गाउने थिए। तर अहिले भष्ट्राचारीको विल्ला लागेको छ।

ज्ञानेन्द्र शाहीलाई पक्राउको कारण ७८ लाख ?

यही ७८ लाख भष्ट्राचार गरेको सार्वजनिक स्थानबाट सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले खुलासा गरे पछि अहिले उनी प्रहरीको हिरासतको चरम याताना पछि अस्पतालमा उपचारार्थ छन्। उनका शरीर भरी निलडाम छन्। मानसिक यातनाले उनको स्वास्थ्य अवस्था चिन्ताजनक छ। भष्ट्राचार गरेको खुलासा गर्दै शाहीले आफूलाई पक्राउ गर्न चुनौति दिएकै दिन मुख्यमन्त्रीको ठाडो निर्देशनमा उनलाई विना पुर्जि गैरन्यायीक पक्राउ गरी चरम यातना दिइएको छ।

भष्ट्राचार लुकाउनका लागि गरिएको यो हर्कदले उनको राजनीति धरापमा पर्ने स्पष्ट छ। आजसम्म नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्धन शर्माले मुख्यमन्त्री शाहीलाई संरक्षण गर्दै आइरहेका छन्। यो घटनाले उग्र रुपलिए पछि उनी पनि ब्याग हुनसक्ने र महेन्द्रको राजनीति समाप्त हुने नेकपाका एक नेताको दावि छ।

यस विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसंग कुरा गर्न खोज्दा उनको मोवाइल अफ थियो भने उनका स्वकिय सचिव खेम सिंहले बारम्बार फोन गर्दा पनि फोन उठाएनन् नेपाल भिउमा समाचार छ ।

बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् ।युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) का बारेमा संसदमा प्रस्ताव ल्याएपनि त्यो पारित हुन नसकेपछि उनले राजीनामा दिन लागेकी हुन् ।

ब्रेक्जीटका बारेको अन्यौल कायमै रहने देखिएका कारण पनि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले करिब दुई हप्ता अगाडि नै आफू सरकारबाट हट्ने घोषणा गरेका थिइन् । ब्रेक्जीटका बारेमा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि प्रधानमन्त्री मेले दलको नेतृत्वका साथै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रेक्जीट सम्झौतामा सफलता पाउन नसकेकामा आफूलाई धेरै दुःख लागेको र यो विषयले सधैँ पश्ताचाप भएको उनले बताएकी थिइन्। प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजीनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको शुरूवातका रूपमा हेरिएको थियो । अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मेले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नेछिन् ।

आजैबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू हुनेछ । नेतृत्वको लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार २३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।