बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो ।
शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि जेठ १६ गते मुगु केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरको परकम्प गएको थियो ।यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।
गुठीसम्बन्धि विधेयक कुनै पनि हालतमा पारित हुन दिन्नौं : सभापति देउवा
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठीसम्बन्धि विधेयक कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन् ।
सभापति देउवाले नेपालको सस्कृति, सभ्यता र संस्कारसँग प्रत्यक्ष जोडिएको सो विधेयकविरुद्ध जनता स्वतःस्फुर्त रुपमा उत्रेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे ।
नेपाल सांस्कृतिक संघले शुक्रबार हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग विधेयक पनि सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याएको भन्दै मान्य नहुने पार्टीको अडान दोहो¥याए ।
सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकाले आफ्नो पार्टीले विरोध गरिरहनु परेको पनि स्पष्ट पारे ।
गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छ : अध्यक्ष बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजदेखि शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले गुठी जग्गामा मोही किसानले नै पाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेको कर जनताकै लागि खर्च गर्नुपर्ने बताए । आर्थिक समृद्धिको नाराले मात्र देशको विकास नहुने उनको भनाइ थियो ।
ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनीतिक व्यवस्थाद्वारा निर्देशित हुने भएकाले देशको राजनीतिक, आर्थिक र भौतिक शक्ति समाज केन्द्रित गर्दै लैजानुपर्ने बताए ।
सरकारले आर्थिक ऐन संशोधन गरी कालो सूचीमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको पाँच वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायत व्यवस्थालाई महिना नबित्दै खारेज गर्दा बेइमान ठेकेदारको मनोबल बढेको उनको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले नगरपालिकाले भक्तपुरको कला–संस्कृति संरक्षण तथा सम्पदा पुनःनिर्माण तीव्ररुपमा अगाडि बढिरहेको बताइन् ।प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी उपरीक्षक सविन प्रधान, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सम्मेलनमा प्राडा पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँंडेल, डा निर्मल रावत, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतले ३६ कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।




















प्रतिक्रिया