चर्चित चलचित्र अभिनेत्री नम्रता श्रेष्ठ आफ्नो जन्म दिन विशेष तरिकाले सेलेब्रेट गरेकी छिन् । आज ग्यानेश्वरको एटिक लाउन्जमा जन्मोत्सव मनाउँदै श्रेष्ठले आफ्नो उमेर पनि बताएकी छन् । केटीमान्छेले आफ्नो उमेर भन्न चाँहदैनन् भन्ने त भनाइनै छ तर नम्रताले भने आफ्नो उमेर बताएकी छिन् । बर्थ डे सेलेब्रेसनमानै अभिनेत्री नर्मताले आज बाट आफु ३३ बर्षमा प्रवेश गरेको बताएकी हुन्।
बर्थ डे सेलेब्रेससनमा आगन्तुक पाहुनलाई सप्राइज दिँदै उनले आफूले अभिनय गरेको नयाँ चलचित्र ‘जाइरा’ को फस्ट लुक सार्वजनिक गर्दै नम्रताले जन्मदिन मनाएकी छन्। ‘जाइरा’ मा एक फाइटरको भूमिकामा नम्रता देखिदैछिन्। उनले यो चलचित्रको लागि कपाल काटेर छोट्याएकी छन्। चलचित्रमा अनुपबिक्रम शाही, रेमन दास श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।
सार्वजनिक भएको फस्ट लुक्समा नम्रता बक्सिङ खेलाडि देखिएकी छन्।
अभिनेत्री नम्रता श्रेष्ठले ‘जाइरा’ चलचित्रले आफ्नो बाल्यकालको स्मरण गराएको बताएकी छन्। ‘म सानोमा एकदमै झगडालु थिए, पछि ठूलो हुँदै जाँदा अलि शर्मिली स्वाभावको भए। तर जाइराले मलाई फेरी बाल्यकाल सम्झाएको छ।’ बर्थकै मेसोमा नम्रताले फिल्म प्रमोशनको पनि मौका छोपेकी छिन् ।
३३ बर्षमा नम्रता
नायिका नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी छ । नायिका श्रेष्ठले चलचित्रको कथा मन परेकाले आफूले लगानी गरेको बताइन् ।
चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् । कार्यक्रममा नायिका नम्रता श्रेष्ठको जन्मदिनको केक समेत काटिएको थियो । नायिका श्रेष्ठले आफू ३३ बर्षमा प्रवेश गरेको बताइन् । उनले आफूलाई पहिलो विस ‘राजा’ले गरेको सुनाइन् । यस्तै, नायक अनुप विक्रम शाहीले पनि आफूलाई राती नै विस गरेको उनले जानकारी दिइन् ।
उनले आफूले हरेक भूमिकालाई नै महत्व दिने बताइन् । आफूले कुनै पनि क्यारेक्टरमा शत प्रतिशत दिन नसक्दा दर्शकले चिट गरेको वुझ्ने भएकाले मिहिनेत गर्ने उनले सुनाइन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।
को हुन् नम्रताको राजा ?
हिरोइन नम्रता श्रेष्ठले ३३ वर्षको उमेरमा जन्मदिन मनाइन् । ३३ वर्षमा लागेकी अविवाहित हिरोइनको जन्मदिनमा संचारमाध्यम भेला थिए ।नम्रताले संचारमाध्यमसँग जन्मदिन मनाएको पाइदैन । तर, संचारमाध्यमसँग सम्बन्ध टाढा भएपछि उनले जन्मदिन मनाउने निर्णय गरेकी हुन् ।
नम्रताले जन्मदिनमा आफूलाई पहिलो शुभकामना राजाले दिएको बताइन् । दोश्रो शुभकामना उनलाई अनुप विक्रम शाहीले दिए ।उनले राजाले शुभकामना दिएको बताइन् तर राजा को हुन् भनिन् ? श्रेष्ठ दावा शेर्पाको प्रेममा छिन् ।
नम्रताले नाम नलिएपनि राजा भनेर दावालाई नै भनेको अड्कल लगाइएको छ । नम्रता र दावाले केही बर्षदेखि प्रेमलाई गोरेटेमा लगिरहेका छन् । नम्रता दावासँग खुशी छिन् । बिहेको बारेमा भने उनले कुनै कुरा भनिनन् । नम्रताले भनेको राजा दावा नै हुन् भने, उनले प्रेमीलाई राजा भनेर बोलाउँछिन् भनेर वुझ्दा भयो नी ।
सेतो पहिरनमा खुलेकी नम्रता

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ ।
नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ ।
आफ्नो जन्मदिनमा मिडियासँग केक काट्दै गर्दा सेतो पहिरनमा उनी खुलिन् । नम्रताको हेयर स्टाइल, पहिरनको स्टाइल गज्जबको थियो । फेसनमा समेत सजग हुने गरेकी नम्रता अरु समयमा मिडियासँग नजिक छैनन् ।
तर, यसपटक उनले आफ्नो जन्मदिनलाई विशेष बनाएकी छिन् । उनी, आजैबाट ३३ बर्षमा समेत प्रवेश गरेकी छिन् । उनको प्रेम जीवन पनि सधै चर्चामा रहेको पाइन्छ ।
व्यापक हेरफेर सहित आउँदै द भ्वाइस अफ नेपाल
पहिलो संस्करणमा अपेक्षाकृत सफल हुन नसकेको सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’को दास्रो संस्कारण असारबाट प्रशारण हुने भएको छ । ‘द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो ।
डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ‘द भ्याइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिशनमा दुई हजार २ सय सहभागी भएका थिए ।
ब्लाइन्ड अडिशनको सुटिङ अर्को हप्ताबाट सुरु हुँदैछ । धुम्बाराहीमा रहेको स्टुडियोमा ब्लाइन्ड अडिशनको सुटिङ हुनेछ । लाइभ हेर्न चाहनेले उक्त सुटिङ हेर्न सक्ने निर्देशक पौडेलले बताए । ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार सहभागी भएका थिए ।
स्टुडियो निर्माणका लागि दुई करोड रुपैयाँ लागेको पौडेलको भनाइ छ । गत वर्ष ब्लाइन्ड, ब्याटल र लाइभ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा नक आउट चरण पनि थपिएको छ । सिजन–२ मा लाइभ शोमा एकै दिन गत सिजनमा जस्तो चार जना बाहिरिने छैनन् । गत वर्ष लाइभ शोमा एकै दिन चार जना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक लाइभ शोमा एक जनाका दरले आउट हुने फर्म्याट ल्याउँदैछौं, निर्देशक पौडेलले भने । यो वर्ष नक आउट चरणमा धेरै बाहिरने छन् ।
गत सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल कोच रहेका थिए । यो वर्ष यी मध्ये दुई जना मात्रै दोहोरिने छन् । दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिने स्रोतको भनाइ छ ।
निर्देशक पौडेलले अभया सुब्बा गत वर्षको ग्राण्ड फिनालेमा सहभागी नभएकाले उनी सिजन–२ का लागि नदोहोरिने बताए । तर नदोहोरिने अर्को को हो ? त्यो भने खुलाउन चाहेनन् । कार्यक्रम ३२ वटा श्रृंखलामा प्रशारण हुनेछ ।




















प्रतिक्रिया