Logo

पत्रपत्रिका

इन्टरनेटमा ओलीको अंकुश : सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनु पर्ने



इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।

धेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वेब होस्टिङ कम्पनीका लागि समेत व्यवसाय कठिन हुनेछ ।

सामाजिक सञ्जालमा सम्प्रेषण भएको विषय सरकारी निकायले सोझै हटाउन निर्देशन दिन सक्ने विधेयकमा प्रावधान छ । ‘यो विधेयक जस्ताको तस्तै पास भए सूचना प्रविधि क्षेत्रका लागि कालो दिन हुनेछ’ साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालले भने, ‘यस्तो नियन्त्रणमुखी कानुन बन्नु राम्रो संकेत होइन ।’ कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले समाचार लेखेका छन् ।

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, सशस्त्रका १३ डिआईजीको सरुवा

सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा छ । प्रदेश २, ५, कर्र्णाली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआइजीको सरुवा भएको छ ।

प्रदेश ३ मा सरुवा हुँदा डिआइजी शेरबहादुर बस्नेतले दोस्रोपटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिनामै उनको सरुवा भएको थियो । केही समय विमानस्थल प्रहरीको समेत नेतृत्व सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए ।

त्यस्तै, विशेष ब्युरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास निर्देशनामा सरुवा भएको छ । प्रदेश २ का डिआइजी हरि पाल विशेष ब्युरोको प्रमुख भएका छन् ।

सुदुरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ का पिताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ ।

जुनियर प्रहरी एकेडेमी भरतपुरमा हरिभक्त प्रजापतिलाई जिम्मेवारी दिइएको छ भने सो एकेडेमीका महेन्द्र पोखरेको प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा भएको छ । कर्णालीका प्रमुख महेशबिक्रम शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा डिआईजी सूर्यप्रसाद उपाध्याय आएका छन् । महानगरीय प्रहरीको नेतृत्वमा रहने भएपछि विमानस्थलको सुरक्षाका लागि एसएसपीको नेतृत्व दिइएको थियो ।

सशस्त्रका १३ डिआईजीको सरुवा

सशस्त्र प्रहरी बलका १३ डिआईजीको पनि सरुवा भएको छ । १ नम्बर बाहिनी सुनसरीमा नगेन्द्र थापा, ६ नम्बर बाहिनीमा प्रजाभक्त श्रेष्ठ, २ नम्बर बाहिनीमा राजु अर्याल, ७ नम्बर बाहिनी कैलालीमा गोविन्द क्षेत्री र ९ नम्बर बाहिनी काठमाडौंमा चन्द्रप्रकाश गौतमको सरुवा गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार ०२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।