Logo

कोशी प्रदेश

प्रदेश १ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज



 प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् भने ५० जना डिस्चार्ज भएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरङको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५ सय ३३ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २२ हजार ४ सय २७ पुगेको छ ।

प्रदेश १ मा बुधबार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म १ लाख ९२ हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १९:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।