Logo

प्रमुख समाचार

अपडेट- बझाङमा जीप भीरमा खस्दा ९ जनाको मृत्यु (नामसहित)



बझाङको मस्टा गाउँपालिका १ डौठी भन्ने स्थानमा आज भएको जीप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो ।

मृत्यु भएका सबैको सनाखत भएको छ ।मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

घाइतेहरुलाइ उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भएपनि मौसम खराब भएकाले हेलिकोप्टर उड्न नसकेको स्थानीयवासीले बताएका छन् ।दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरको कान्द्रा पुलमा से ३ प ६३३४ नम्बरको मोटरसाईकल दुर्घटनामा परी चालक घोडाघोडी नगरपालिका ८ का २५ वर्षीय दिनेश टमट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटना परी गौरीगंगा नगरपालिका ११ का अन्दाजी २५ वर्षीय कर्ण कामी घाईते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल अनियन्त्रित भएर पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।