Logo

मनोरञ्जन

आइफा अवार्डलाई पैसा नदिन भन्दै सरकार विरुद्ध प्रदर्शन



आइफा अवार्डको लागि सरकारले ४४ करोड भन्दा बढी रकम दिन लागेको भन्दै विरोध भएको छ। सरकारको निर्णय विरुद्ध स्वतन्त्र राष्ट्रिय अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

मण्डलामा भेला भएर युवाहरुले भारतीय अवार्ड कार्यक्रमलाई रकम दिन नहुने बताए। उनीहरुले नेपाली कलाकारलाई भोको पेट, भारतीय कलाकारलाई एक अर्व भेटु, मानो काटेर तिरेको कर दुरुपयोग गर्न पाइँदैनु लगायत लेखेका प्लेकार्ड बोकेका थिए।

नेपालमा हुन लागेको भारतीय अवार्डलाई सरकारले ४४ करोड दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : १५ असार २०७६, आईतवार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।