नेपाली चलचित्र नगरिमा यति खेर चर्चा छ त निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको घर झगडा कलहको । नेपाली चलचित्र जगतका यी दुई जोइपोइको घर झगडाले अहिले बजार तताएको छ । चलचित्र निर्माता ओझाको चौथी श्रीमतीको रुपमा घरजम बसाएकी शिल्पाले आफ्नो जीउ ज्यानको सुरक्षा माग गर्दै प्रहरीमा उजुरी दिए देखि यो विषय विष्फोट भएको थियो । चलचित्र क्षेत्रमा गनिने निर्माता ओझा आफ्नो वैवाहिन जीवनमा भने असफल सावित भएका छन् ।
पछिल्लो घटनाक्रम अनुसार शिल्पा र छविको सम्बन्ध करिब करिब पूर्णविरामा लाग्ने अवस्थामा पुगेको छ । केहि दिन अघि मात्रै प्रहरी परिसरबाट कुरा मिलेको भनेर निस्कीएका यी जोडी अव सँगै बस्न नसक्ने अवस्थामा पुगेका छन् ।
ओझाले आफ्नो गल्ती कमाजोरी सच्चाएर माफी माग्न तयार छु घर आउ भनेर मिडिया मार्फत शिल्पालाई अनुरोध गरिरहेका छन् भने शिल्पाले पनि मिडिया मार्फत नै छविलाई कुनै हालतमा सँगै बस्न नसक्ने अवस्था रहको र आफुले डिभोर्स फाइल गरिसकेको स्पष्टीकरण दिएकी छिन् । अहिले छवि र शिल्पा विच मिडिया मार्फतनै जुहारी चलिरहको छ । उनिहरु विच पुरै संवादहिनताको अवस्था देखिन्छ ।
शिल्पाले माफी दिने कुनै गुन्जायस नरहेको आफुले छविलाई ३ बर्ष देखि झलेको र अव झेल्नै नसक्ने अवस्थामा रहको बताएकी छिन् । जुन दिन शिल्पा घर छोडेर हिडेकी थिइन् त्यस दिन उनको आफ्नी साथी सँगै फिल्म हेर्न जान लाग्दा छविले रोकेको र त्यस दिन छविको मोवाइलमा शंकास्पद फोन आएको बताएकी छिन् । कसैको मोवाइल बाट त्यस बेला फोन आएको त्यस पछि फोन काटेर आफु माथी जाइलागेको बताएकी छिन् ।
सम्बन्धमा हिजो गरम भनिएका छवि अहिले नरम देखिएका छन् भने ३ बर्ष सम्म नरम भएकी भनिएकी शिल्पा अहिले गरम बन्दै गएकी छिन् । शिल्पाले आफ्नो खुशिका लागी एक्लै बाँच्ने निर्णय लिएकी छिन् । यता छवि भने अहिले पनि शिल्पा सँग सम्बन्ध सुधार्ने प्रयासमा लागेका देखिन्छन् भने शिल्पाले डिभोर्सको कठोर निर्णय लिएकी छिन् । यस विच छविले शिल्पालाई खुल्लापत्र लेखेका छन् ।
शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?
यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।
अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।
मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।
सरोज खनालको हरीविजोग भाइरल
नेपाली कलाकारका अनेक खालका काण्डहरु बाहिर आईरहेका हुन्छन् ।कलाकार सरोज खनालको ट्वाइलेटवाला काण्ड अहिले सामाजिक संजालमा भाइरल भएको छ । हिजो मात्रै आफैँ छाता ओडेर हिँडेको भनेर राष्ट्रपति विधादेवी भण्डारीको चौतर्फी प्रसंशा भइरहेका बेला कलाकार खनालको ट्वाइलेट काण्डले दाँता ढुंगा लागे जस्तै भएको छ ।
यातायात ठप्प पारेर हिड्ने लगायतका विभिन्न आरोप लागेर राष्ट्रपति संस्था माथि नै विभिन्न प्रहार हुन थाले पछि आजकाल प्राय कार्यक्रमहरु सितलनिवास बाटै हुने गरेको छ । तर त्यहि कुरा अहिले राष्ट्रपति लाई महंगो परेको छ । प्रसंग हो शुक्रवार सितलनिवासमा सम्पन्न चलचित्र पुरस्कार वितरण समारोहमा कलाकार सरोज खनालले बस्ने कुर्सी नपाएर ट्वाइलेटको कमोडमा बस्नु परेको तस्बिरको हो ।
शुक्रवार राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर व्यवस्थापन र कलाकारहरूलाई अपमान गरेको भन्दै भण्डारीको आलोचना भएको छ ।कलाकार सरोज खनालले राष्ट्रपति भवनमा ट्वाइलेटको कमोडमा बसेर प्रतिक्षा गर्नु परेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारीको आलोचना भएको हो ।
राष्ट्रपति कार्यालयमा ०७३, ०७४ र ०७५ साल गरी तीन वर्षको अवार्ड एकैपल्ट बाँडिएको थियो । चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुतिसमेत व्यवस्थापन गरेको थियो ।राष्ट्रपति भण्डारीको कार्यालयमा कलाकारलाई नाच्न लगाएकोमा विरोध समेत भएको छ । राष्ट्रपति भण्डारीलाई देखाउने नृत्यको पालो कुरेर बसेका कलाकार खनाल बस्ने ठाउँ नपाएपछि ट्वाइलेटको सिटमा बसेका छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
राष्ट्रपति भण्डारीप्रति लक्षित गर्दै अभिनेत्री करिश्मा मानन्धरले आक्रोश पोखेकी छिन् । ‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे १ घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन’, मानन्धरले भनेकी छिन्, ‘बाहिर आउनुस् तपाईं हाम्रो आमा हो । हामी तपाईंको लागि ज्यान दिन्छौं ।’
कलाकार खनालले पनि फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘म तिम्रो विचारदेखि पूर्ण सहमत छु । नृत्य गुरुका कारण मैले नाई भन्न सकिनँ । तर त्यो ठाउँमा यो नै मेरो पहिलो र अन्तिम प्रस्तुति हो ।’अभिनेत्री मानन्धरले बल्ल महसुस गर्नुभयो भनेर प्रतिप्रश्न गरेपछि खनालको पछुतो झन् उग्र भएर देखिएको छ ।
आयोजकको कमजोर व्यवस्थापनका कारण ट्वाइलेटको कमोडमा बसेर नाच्ने पालो कुर्नुपरेको तितो यथार्थ समेत कलाकार खनालले बाहिर ल्याइदिएका छन् ।सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए । तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाई १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसेँ । के गरुँ, आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिनँ तर मनको बह कसैलाई कह’ भन्छन्, त्यसैले मैले तिमीसँग सेयर गर्न चाहेँ’, खनालले भनेका छन् ।
सोही कार्यक्रममा नृत्य प्रस्तुत गरेका अभिनेता रमेश उप्रेतीले समेत सरोज र करिष्माको विचारमा सहमति जनाएका छन् ।
अवार्ड कार्यक्रममा कलाकार खनालसँगै गौरी मल्ल, रमेश उप्रेती, दिपिल रायमाझी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङ लगायत कलाकारले नेतृत्य देखाएका थिए ।





















प्रतिक्रिया