Logo

अन्तर्राष्ट्रिय

चीनले विश्व शक्ति सन्तुलन बदल्न चाहेपछि, अमेरिकाविरुद्ध रणनीतिक प्रतिष्पर्धी



चीनले विश्व शक्ति सन्तुलन बदल्न चाहेको र यसमा सतर्क रहन नसक्दा अमेरिकाविरुद्ध एउटा रणनीतिक प्रतिष्पर्धीका रुपमा उक्त मुलक अघि बढ्ने आशङ्का गरिएको छ । अमेरिकाको रक्षामन्त्री पदका लागि नाम अघि बढेको मार्क एस्परले यस्तो बताएका हुन् ।

चीनसँग अकुत आर्थिक क्षमता रहेको र उसले उक्त रकमको प्रयोग प्रत्यक्ष/परोक्ष रुपमा अरुलाई प्रभावित गर्न लगाएको उनको आरोप थियो । एस्परले सिनेट सशस्त्र सेवा समितिसमक्ष आफ्नो पदीय नामाङ्कनको आधार प्रस्तुत गर्ने क्रममा चीनले विश्व शक्ति सन्तुलनलाई परिवर्तन गर्न चाहेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘‘चीन विश्व संस्थाहरुका साथै डलरसमेत परिवर्तन गर्न चाहन्छ, यसका निम्ति ऊ जे पनि गर्न तयार छ ।’’ सबैभन्दा ठूलो चिन्ता भनेको चीनले यी सबै गर्नका लागि आफ्नो अर्थव्यवस्थालाई प्रयोग गर्न सक्ने उनको भनाइ थियो । आफ्नो जरुरतमुताबिक सानासाना मुलुकबाट चीनले फाइदा उठाउन पनि सक्ने उनले बताए ।

‘‘चीनले साना मुलुकलाई यसरी ऋणको जालोमा पारिरहेछ कि उसले ती देशका खनिज तथा अन्य संसाधनमाथि कब्जा जमाउन सक्षम हुनेछ,’’ उनले भने, ‘‘समयको खेल हो, चीन अमेरिकाको बराबरीमा आउन सक्नेछ वा योभन्दा पनि अगाडि बढ्नेछ ।’’

एस्परको चिन्ता के कुरामा थियो भने, चीनले अमेरिकाका साझेदारलाई समेत खोस्न सक्नेछ । यो नै ठूलो चुनौती रहेको र यस्तो चुनौती अमेरिकालाई चीनबाट मात्रै रहेको तथा रुसबाट यस्तो कुनै खतरा नरहेको समेत एस्परले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।