चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल र बिष्णु घिमिरेले संयुक्त रुपमा ‘बोल्नुपर्छ ओइ’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतका स्वर गायक पौडेल र गायिका पूर्णकला बिसीले दिएका छन् । गीतले देशको वस्तुस्थितिको प्रतिनिधित्व गरेको दाबी गरिएको छ । शब्द दिग्गज द्यौराली रहेको गीतमा भिडियो समेत तयार पारिएको छ ।
राज्यका विभिन्न अङ्गका कर्मचारीको ढिलासुस्ती एबम् भ्रष्टाचारका विषयमा गहन प्रहार गरिएको छ भने रेयिमट्यान्सको भर पर्ने राज्यको नीतिलाई फेर्नेबारे गतिलो सुझाव समेत दिइएको छ । गीत प्रसंग तीजको रहेपनि सदा सान्दर्भिक रहने र धेरैले मन पराउने भनाई गायक पौडेलको छ ।
धेरै भयो नबोलेको बोल्छु आज फेरि,
देशको यो हाल हुँदा पनि क्यारी बसम हेरि
बोल्नै पर्छ ओइ आइज ओइ साहिली, आइज ओइ माइली तितामिठा मनका कुरा खोल्नै पर्छ ओइ
समाचार सुन्दा छक्क पर्छिन् घरमा बुढी आमा
प्रहरीले समातेसी सुन भयो रे तामा बोल्नै पर्छ ओइ
यसअघि गीतमा सरकारले ‘घरघरमै ग्यास ल्याइदिन्छ अरे, हेर्दाहेर्दै नेपाली भाग्यमानी भए’ जस्ता व्यंग्य प्रयोग गरेका पौडेलको नयाँ गीतले दर्शक स्रोताको मन जित्ने विश्वास उनले लिएका छन् । भिडियोमा शंकर बिसी र रीना थापाले अभिनय गरेका छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुंगा जिल्ला कार्यसमितिका अध्यक्षसमेत रहेका विष्णुप्रसाद घिमिरेको यो पहिलो एल्बम हो ।





















प्रतिक्रिया