Logo

मनोरञ्जन

अहिले कहाँ छन् छवि र शिल्पा ? (भिडियो सहित)



नेपाली चलचित्र जगतमा एकाएक चर्चाका बिषय बनेको छवि ओझा र उनकी चौथी श्रीममती छवी शिल्पाको घरझगडा कहाँ पुग्यो होला भन्ने चासो सर्वत्र रहेको छ। छविलाई वुढेसकालको विवाहले पनि निद हराम बनाएको छ ।

नेपाली चलचित्र जगतमा सम्मानित र बाध निर्माताको परिचय बनाएका ओझाले आफ्नै श्रीमतीका कारण अपमानित जीवन बाँँच्न बाध्य भएका छन् । नातानातिनी खेलाएर बस्नु पर्ने उमेरका छवि चौथी श्रीमतीलाई कानको जाली फुट्ने गरि कुटेको भन्ने प्रकरण पछि भूमिगत हुन पर्ने अवस्था आएको छ ।

आफ्नो जीवनकालमा निकै चलचित्र बनाएका छवि र निकै चलचित्र खेलेकी उनकी चौथी श्रीमती शिल्पा पोखरेल अहिले फिल्म जस्तै आफ्नो जीन्दगी बाँच्न विवस भएका छन् । सेलिव्रेृटी भएका कारण उनीहरुको पारीवारीक कुरा सामाजिक चासोको बिषय बनको छ । फिल्मको सिनमा जस्तो दुइजनाले एकले अर्कोलाई आरोप प्रत्यारोप लागाउँदै एकले अर्कालाई दोषारोपण गर्दै मिडियावार गरिरहेका उनिहरुले अहिले गुमनाम छन् ।

कथामा छविकी प्रथम श्रीमती हेमा ओझाको इन्ट्री भएपछि छवी र शिल्पाको निद हराम भएको छ । छवी ओझा विरुद्ध डिभोर्स फाइल गरेर कानुनी प्रक्रिया सुरु गरे लगत्तै शिल्पालाई नसोचेको अवस्था आइलाग्यो । डिभोर्स होइन छविकी पहिली श्रीमतीले छवी र शिल्पा दुवै विरुद्ध बहुविवाहको मुद्धा हालेपछि कथाले अर्कै रुप लिन पुग्यो । प्रहरीले छवी र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरे लगत्तै उनिहरु दुवैजना फरार भएका छन् । अहिले प्रहरीले उनीहरुलाई खोजी गरिरहेको छ ।

बहुविवाहको मुद्दा परेपछि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल फरार छन् । उनीहरूविरूद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरीले खोजतलास गरिरहेको छ । जेठी श्रीमती हेमा ओझाले दुवै जनाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।

उजुरीपछि उनीहरूविरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै दुवैजना फरार हुन् । दुई सन्तानकी आमा हेमाले साउन ५ गते महानरीय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता गराएकी थिइन् । उनको उजुरी यतिबेला महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा छ । काठमाडौ‌ जिल्लाभरका बहुबिवाह सम्बन्धी उजुरीहरु कालिमाटीले हेर्छ ।

उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख थिइन् । छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो। उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गरेकी थिइन् ।

श्रीमान छविराज ओझाबिरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो । लगतै शिल्पाले काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् ।

उनीहरू दुवैजना प्रहरीको फरार सूचीमा रहेको र खोजीकार्य जारी रहेको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले जनाएको छ । पक्राउ गर्न सबै प्रहरी सर्कललाई जानकारी गराइएको र नियन्त्रणमा आएपछि मात्रै आवश्यक कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

गत भदौंबाट लागू भएको नयाँ कानुनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने व्यवस्था छ । बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

छवि र शिल्पा विरुद्ध पक्राउ पूर्जी जारी, जहाँ भेट्यो त्यहि समात्ने !

चलचित्र निर्माता छविराज ओझा की पहिली श्रीमती हेमा ओझाले छवि ओझा र उनकी चौथी श्रीमती शिल्पा पोखरेल विरुद्ध बहुविवाहको मुद्धा दिए पछि प्रहरीले उनिहरुलाई पक्राउ पूर्जी जारी गरेको छ ।बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । अब प्रहरीले उनिहरुलाई जहाँ भेट्यो त्यहि पक्राउ गर्ने छ । पछिल्लो समय नेपाली सिने जगतमा निर्माता छवि ओझा र उनकी चौथी श्रीमती शिल्पा पोखरेलको घर झगडाले उग्र रुप लिएको चर्चाले भरिएको छ । छवि शिल्पा काण्डमा एकाएक नयाँ रुप लिएको हो । सामाजिक सञ्जालमा एक–अर्कालाई दोष लगाइरहेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचमा भइरहेको घटनाले अब नयाँ मोड लिने भएको छ ।

सामाजिक सञ्जालमा एक–अर्कालाई दोष लगाइरहेका उनीहरूविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूलाई छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान् छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । हेमाले श्रीमान ओझा र सौता पोखरेलेविरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्दा दायर गरेकी हुन् ।

अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान् र कान्छी श्रीमती शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेको हेमाले निवेदनमा खुलाएकी छिन् । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै श्रीमान् छविराज ओझाविरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् ।

साथै केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्स फाइल गरिन् । छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि शिल्पाको कहानीले नयाँ मोड लिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।