बलिउड अभिनेता गोविन्दाले केही दिन पहिले एक अन्तर्वार्तामा आफूलाई हलिउड फिल्मबाट अफर आएको तर अस्वीकार गरेको बताएका थिए । साथै, सञ्जयलीला भन्सालीको फिल्म देवदासको चुन्नीलालको भूमिका पनि उनलाई अफर आएको उनको दाबी थियो । गोविन्दाको यो भनाइ बाहिर आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको खुबै मजाक उडाए ।
मजाक बढी नै उडाएपछि गोविन्दाको नजिकका मित्रले डेक्कन क्रोनिकललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिरहेका छन् । ठूलो अफरलाई अस्वीकार गरेको दाबी गर्नु गोविन्दाको आदत भएको छ । यो नकारात्मकताले गर्दा उनी बक्स अफिसमाथि पनि के–के बोलिरहन्छन् ।’
गोविन्दाका निकट साथीहरूका अनुसार उनी मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेका छन् । साथै, उनलाई सहयोगको आवश्यकता रहेको पनि बताइएको छ ।
यस्तो छ हलिउड अभिनेत्री एन्जेलिना जोलीको फिटनेस रहस्य
एन्जेलिना जोली हलिउड चलचित्र उद्योगकी विश्वविख्यात अभिनेत्री हुन् । अभिनय, चलचित्र निर्माणसँगै उनी समाजसेवामा समेत सक्रिय छिन् । एन्जेलिना कडा परिश्रमी र साहसी महिलाका रूपमा परिचित छिन् ।
सन् २०१३ मा उनलाई स्तन क्यान्सर भयो । त्यसबाट बच्न उनले दुवै स्तन फाल्नुप-यो । त्यसको दुई वर्षपछि उनलाई पुनः पाठेघरको क्यान्सर देखियो । उनले पाठेघरको फ्यालोपियन ट्युब र ओभरी (अन्डासय)लाई फाल्न लगाएर क्यान्सरमुक्त भइन् । र, सबैकी प्रेरणाकी स्रोत बनिन् ।
एन्जेलिनाले हालसम्म तीनजनासँग विवाह गरिसकेकी छिन् । तीमध्ये पछिल्ला श्रीमान् हलिउडकै धनी अभिनेताका रूपमा कहलिएका ब्राड पिट हुन् । एन्जेलिनाले आफ्नै कोखबाट ६ सन्तान जन्माइन् भने तीनजना धर्मपुत्र राखेकी छिन् । क्यान्सरपीडित हुनुसँगै आधा दर्जन बच्चा जन्माउनुका बाबजुद पनि उनी अझै आफूलाई फिट देखाउन सक्षम छिन् । अब जानौँ ४३औँ वसन्त पार गरिसकेकी एन्जेलिनाको फिटनेस रहस्य :
सन्तुलित भोजन
एन्जेलिना फिट रहनुको प्रमुख रहस्य उनले नियमित सेवन गर्ने भोजनलाई मानिन्छ । उनले सधैँ पुराना अन्न मात्र सेवन गर्ने गर्छिन् । जसमा अनाजसँगै विभिन्न किसिमका नट्स, तरकारी आदिका बीजहरू समावेश हुन्छन् ।
फाइबरयुक्त यस्ता खानेकुराले शरीरलाई स्वस्थ राख्ने, पाचन प्रणाली बलियो बनाउनुका साथै छालालाई समेत चम्किलो बनाउँछ । त्यस्तै, उनले प्रत्येक दिन ब्रेकफास्टमा ६ सय क्यालोरीयुक्त खानेकुरा खाने गर्छिन् । त्यसैगरी, खानामा थोरै मासु, अर्गानिक फलफूल, तरकारी र नट्स खाने गर्छिन् ।
विशेष जिम
एन्जेलिना हरेक हप्ता रुटिन मिलाएर सोमबारदेखि शुक्रबारसम्म जिम जाने गर्छिन् । उनी प्रख्यात प्रशिक्षक गुन्नर पिटरसनद्वारा डिजाइन गरिएको विशेष प्रकारको जिम प्रशिक्षण लिने गर्छिन् । जुन शरीर सन्तुलन, शक्ति र कार्डियोसँग सम्बन्धित हुन्छ । यसले गर्दा उनी आफ्नो फिगर चाहेजस्तो मेन्टेन गर्न सक्षम छिन् ।
नियमित कसरत
एन्जेलिना हलिउड फिल्मका लागि आवश्यक फिगर बनाइराख्नका लागि प्रत्येक दिन २ घन्टा कसरतमा व्यस्त रहन्छिन् । पाँच दिनसम्म प्रशिक्षकको प्रत्यक्ष निगरानीमा कसरत गर्दा उनले मांसपेशी र हड्डीलाई विशेष ध्यान दिने गरेकी छन् । जसले अभिनयमा समेत सहयोग पु-याएको छ । उनले यसमा किक, बक्सिङ, स्क्वा डाइभिङ, किङ अफ आर्म, कायकिङ र योगाजस्ता अभ्यास गर्ने गर्छिन् ।
तौल व्यवस्थापन
एन्जेलिना फिट रहन सधैँ तौल कम गर्ने क्रियाकलाप गर्छिन् । त्यसका लागि कम क्यालोरीयुक्त खाना खान्छिन् । बच्चालाई दूध चुसाउनु पनि उनको कम तौलको कारण मानिन्छ । यसबाहेक उनले तौल मेन्टेन गर्न पर्याप्त मात्रामा फलफूल र तरकारी खान्छिन् ।





















प्रतिक्रिया