अमेरिकाको ब्यस्त दिनचर्या संगै नेपाली गीत सगीत क्षेत्रसंग नजिक रहेर म्युजिक भिडियोको काम गरिरहनु भएको निर्देशक नरमान राइको निर्देशनमा ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ ।
अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको गीतमा गायिका दीपा तामाङको स्वर छ भने अमाशी राईको शब्द संगीत रहेको छ । ‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ ।
यसैगरी म्युजिक भिडियोमा रेनुका चामलिंगको अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ । भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।
द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाई राज राईले निर्माण गरेका हुन् । निर्देशक नरमान राईको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् ।





















प्रतिक्रिया