सान्दर्भिक र गजबको कुरो यो छ कि ! फेसबुकले तमाम मानिसहरुको दिमागलाई धैर्यताबाट पर पुर्याएको अवस्था छ । कतिपय मानिसहरुको घरबार बिग्रिएको छ त हत्या, हिंसा, बला*त्कार जस्ता जघन्य अपराध यही फेसबुक मार्फत भएको अवस्था छ । नेपाल जस्तो मुलुकमा फेसबुक उपयुक्त छैन ।
किनकी करोडौं नेपाली पैसा फेसबुकमार्फत बाहिर गएको छ । जसले गर्दा नेपाली समाज फेसबुकमार्फत टाट पल्टिने अवस्था आएको छ । स-साना बालबालिकाले कुनै किताब, पत्रपत्रिका र अन्य किताबहरु पढ्ने अवस्था छैन जसको कारण फेसबुक हो । फेसबुककै कारण सृजनात्मक ज्ञानको कमी, अध्यापन क्षमतामा ह्रास आएको छ । फेसबुकले भविष्यमा के कस्ता घटना निम्त्याउँछ भन्ने कुराको सजकता र समाधान नेपाल सरकारले अपनाउन जरुरी छ ।
फेसबुकलाई नेपाल सरकारले निश्चित अवधि तोकेर यसको सदुपयोग गर्नु जरुरी देखिन्छ । म यहाँ धेरै उदाहरणहरु प्रस्तुत गर्न सक्दिन जस्तै विकट गाउँ ठाउँसम्म सञ्चालनमा आएका फेसबुक, म्यासेञ्जरले कयौं मानिसहरु सडकमा छन् । कयौंको सम्बन्ध बिच्छेद तथा बला*त्कार जस्ता अनगिन्ती घटनाहरुले समाजमा नकारात्मक असर परेको देखिन्छ ।
सबैजसो मानिसहरु फेसबुकको वाल र म्यासेञ्जरमा केन्द्रित भएका छन् । के फेसबुकमा राखिएकै भरमा सोसल मिडिया सञ्चालन उपयुक्त छ त ? यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक सोच्नु आजको आवश्यकता हो ।
फेसबुकका कतिपय फाईदाहरु पनि होलान् तर नेपाली जनताले सहि सदुपयोग नगर्नु यसको अर्को बेफाईदा हो । समाजमा बस्न पनि गाह्रो भएको अवस्था छ कसरी ? यसको प्रत्युत्तर प्रष्ट छ कुनै एउटा घरमा पाउना गयो भने त्यहाँ एक अर्काबीच कुनै कुरा हुँदैन सवै आ९आफ्नै मोवाईलमा व्यस्त हुन्छन् । उनीहरुबीच कुनै आत्मियता हुँदैन ।
हाम्रो देश धार्मिक सहिष्णुताले भरिपुर्ण देश हो । अहिले फेसबुकले एक अर्काबीच सुमधुर सम्बन्ध नरहने हुँदा धार्मिक सहिष्णुता नै हट्ने अवस्थाको सृजना नहोला भन्न सकिँदैन । फेसबुक मेसेञ्जरले गर्दा मानिसहरुमा कान नसुन्ने, दिमाग बोदो हुने, स्मरण शक्ति कम हुने, एकोहोरोपन देखा पर्ने, एकाग्रतामा ध्यान केन्द्रित नहुने जस्ता नकारात्मक समस्याहरु उत्पन्न हुने गर्दछन्
के – के छन् फेसबुकका फाइदा तथा बेफाइदा ?
सामाजिक संजालहरु मध्ये फेसबुक निकै लोकप्रिय छ । दैनिक ५ सय मिलियनभन्दा बढीले फेसबुक चलाउने गर्छन् । के तपाईंलाई फेसबुकको फाइदा र बेफाइदाको बारेमा जानकारी छ रु यस्ता छन् फेसबुकका फाइदा तथा बेफाइदा ।
फेसबुक चलाउनुको फाइदा
१. फेसबुकले सूचना आदान प्रदान गर्न सयोग गर्छ ।
२. फेसबुकमा म्यासेज च्याटको साथै अडियो तथा भिडियो च्याट गर्न सकिन्छ ।
३. आफ्नो स्कुल, कलेज तथा अन्य साथीहरुसँग सम्पर्कमा बस्न फेसबुकले सघाउँछ ।
४. फेसबुकले व्यापार प्रवधनमा सयोग पुर्याउँछ ।
५. फेसबुकमा विभिन्न खेलहरु खेलेर मनोरञ्जन लिन सकिन्छ ।
६. फेसबुकले पुराना तथा हराएका साथीहरु खोज्न मद्दत गर्छ ।
७. खाली समयमा फेसबुक चलाएर समय कटाउन सकिन्छ ।
८. फेसबुकबाट आफू रहेको ठाउँको जानकारी सबै साथीहरुलाई एकै पटक दिन सकिन्छ ।
फेसबुक चलाउनुको बेफाइदा
१. फेसबुक धेरै चलाउने बानीले समयको बर्वाद गर्छ र अल्छिपन बढाउँछ ।
२. फेसबुकमा फोटो या स्टाटस राखेपछि कति लाइक या केके कमेन्ट आयो भन्ने दिमाखमा खेलिरहेर अन्य काममा ध्यान नजान सक्छ ।
३. फेसबुकमा राखेको फोटो कसैले डाउनलोड गरेर त्यसको दुरुपयोग पनि गर्न सक्छन् ।
४. फेसबुकमा धेरै फ्रेन्ड रिक्वेस्ट आएर ऐसेप्ट नगर्दा साथीसँग दुश्मनी हुन सक्छ ।
५. फेसबुकमा आउने अनावश्यक म्यासेजररिक्वेस्टले तनाव दिन सक्छ ।
६. अनावश्यक भाइरसले नकरात्मक लिंकहरु सेयर भएर साथीभाईमा नराम्रो प्रभाव पर्न सक्छ ।
७. फेसबुकले दाम्पत्य जीवनमा समेत असर गर्न सक्छ ।
लेखिका मेनुका पोखरेल नेबिसंघ प्रदेश न ३ का छात्रा संयोजक हुन् ।
















प्रतिक्रिया