Logo

कोशी प्रदेश

झापाको नमस्ते प्लाइउर्ड उद्योगमा आगलागी



शुुक्रबार बिहान झापाको बिर्तामोड नगरपालिका २ स्थित होमप्रसाद घिमिरेको नमस्ते प्लाइउर्ड उद्योगमा आगलागी भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले विद्युत सर्ट भएर प्लाई उद्योगमा आगलागी भएको र अहिले आगो नियन्त्रणको प्रयास भइरहेको बताएका छन् ।

आगलागी भएको स्थलमा ईलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश १ बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोलीले दमक, भद्रपुर र बिर्तामोडबाट दमकल ल्याएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

आगो नियन्त्रणमा आइनसकेकाले क्षतिको बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।