Logo

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो १२ घरमा पूर्ण क्षति, २३ जना बेपत्ता



सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १२ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एउटा शव फेला परेको छ । बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको र १७ जना बेपत्ता भएको सूचना आएको छ, भीजुमखर्कमा ३ घर पुरिँदा ६ जना बेपत्ता भएका छन्,’ मेयर शेर्पाले भने, ‘अहिलेसम्म एक जनाको शव फेला परेको छ, जुमखर्कामा पनि पहिरो गएको त्यताको क्षतिबारे जानकारी आइसकेको छैन।’

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

नागपुजेका सबै ८ घरका मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । अहिले पनि घटनास्थलमा ठूलो पानी परिरहेकाले उद्धारमा कठिनाई भएको मेयर शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ८ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।