Logo

कोशी प्रदेश

अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाँदै गरेका गाई गोरु नियन्त्रणमा



मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया चोकबाट भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेका करिब ५ लाख २१ हजार रुपैयाँ मूल्य बराबरका ४७ वटा गाई गोरु आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले ती गाई गोरु नियन्त्रणमा लिएको हो ।

बरामद गाई गोरू आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।