Logo

मनोरञ्जन

‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक



‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरले सिनेमा कमेडी तथा ड्रामाको समिश्रण रहेको देखाएको छ । कार्तिक ८ गते रिलिज हुने सिनेमामा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ तथा श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

उनीहरूका अलावा सिनेमामा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । शिव ढकालले छायाँकन गरेको सिनेमाका गीतमा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई सिनेमाकी कार्यकारी निर्माता हुन् । सिनेमाका लेखक तथा निर्देशक शिशिर राणा हुन् । सिनेमामा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार ०४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।