Logo

प्रमुख समाचार

सामान्य हो, केटा मान्छे साँझ पिएको बोलिहाल्छन् : उपप्रमुख थापा



कैलालीको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टिका थापाले केटा मान्छेले रक्सी पिएर सामान्य गलत बोल्दैमा तिलको पहाड बनाउन नहुने बताएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीका अध्यक्ष एबं निर्वाचन क्षेत्र २ (क)बाट प्रदेश सभा सदस्य समेत रहेका उपप्रमुख थापाका श्रीमान रतन थापाले अनुशासन गुमाएर अश्लील बोल्दै एक महिलालाई फोनमा दिइएको धम्कीपुर्ण अडियो सार्वजनिक भएपछि यसबारेमा बुझ्न खोज्दा उपप्रमुख थापाले भनिन– यो सामान्य कुरा हो ।

पाँच वर्ष पहिलेको अडियोलाई अहिले तिलको पहाड बनाउन खोजिएको मात्र हो । उनले थपिन–यसलाई धेरै बढाई चढाई गर्न आवश्यक छैन् । मैले सुनेकी छु, यसको भिडियो पनि बाहिर आएको छ रे। हामीले हामीले केही मान्छेलाई दिईएको पैसा असुल गर्न यसो गर्नुभएको होला ।

नगरपालिकाको न्यायापालिका प्रमुख समेत रहेकी थापाले समेत यसरी गैर–जिम्मेवारी ढंगले प्रतिक्रिया दिँदा उनको समेत यसमा सपोर्ट रहेको स्पष्ट भएको पाईन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार ०५:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।