मंगलबार मोरङमा स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।
गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार बिहानै उनलाई घरबाटै ‘अज्ञात समूह’ले अपहरण गरेको बताए,त्यस्तै, प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर नजिकैको जंगलमा लगेर हत्या गरेको हुनसक्ने बताए ।
प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया