Logo

प्रमुख समाचार

कैलालीको पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बौनिया क्षेत्र तनावग्रस्त



कैलालीको बौनियामायात्रुवाहकबसले ठक्कर दिएपछि घाइते भएका २ बालकको मृत्युपछि कैलालीको पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बौनिया क्षेत्र तनावग्रस्त बनेको छ । बिहीवार साँझ महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको ना७ ख ६०४६ नम्बरको बसले साइकलमा सवार बर्दगोरिया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको मृत्यु भएको थियो । उनीहरु दुबै जनाको उपचारको क्रममा नै मृत्यु भएको हो ।

दुवै बालकको मृत्यु भएपछि बालककाआफन्तले पुर्व पश्चिम् राजमार्ग अवरुद्ध गरेका छन् । शुक्रवार बिहान करीब साढे ९ बजेदेखि पुर्वपश्चिम राजमार्गअन्तर्गत बौनिया सडकखण्ड अवरुद्ध भई तनावग्रस्त रहेको छ । जिल्लाप्रहरी कार्यालय कैलालीकाप्रहरी नायवउपरिक्षक दक्षकुमार बस्नेतले पीडित परिवारले राजमार्ग अवरुद्ध गर्दा कुनै पनि सवारी साधननचलेको बताए ।

घटनाको विषयमादुई टोलीबीचशुक्रवार अपरान्हसम्म सहमति जुट्न सकेको छैन । उचितक्षतिपूर्ति र दोषिलाई कडा कारवाहीहुनुपर्ने मागसहित सडक अवरुद्ध पारेका परिवारजनले सहमतिकालागिआएको बस व्यवसायीको टोलीअधिकारिक नभएको भन्दै विरोध गरेपछि पहिलो चरणको छलफल असफलबनेको थियो ।

बस व्यवसायी समितिको अर्को टोलीबीच फेरि छलफल भैरहेको प्रहरी नायवउपरिक्षक बस्नेतले जानकारी दिए । स्थानीयकाअनुसार सो बसले अन्य सवारी साधनलाई ओभरटेक गर्ने क्रममा साइकलमा सवार बालकहरुलाई ठक्कर दिएको थियो । हाल बस र बस चालकलम्कीप्रहरी चौकीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार १०:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।