धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको दोस्रो दिनभएका खेलमाशारदा विद्यानिकेतन र शारदा माविविजयीभएका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भईरहेको प्रतियोगितामा आईतबार भएकादुई खेलमा जित हातपार्दै दुबै शारदाले क्वाटरफाईनलमा प्रवेशको सम्भावनालाई वलियो बनाएका हुन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा आईतबार भएको पहिलो खेलमा शारदा विद्यानिकेतनले भक्तपुर निष्ट स्कुललाई ९ विकेटले पराजित गरेको छ ।
भक्तपुर निष्टले दिएको ११८ रनको विजयलक्ष्यशारदाले १४ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेट्टायो । शारदाको सानदार जितमा राजन सिंहले अर्तकतकीयपारी खेले । ४२ बलको सामना गरेका सिंहले ६ चौका र ४ छक्काको मदत्तमाअविजित ६१ रन बनाए । सिंहले प्रतियोगिताको चौथो संस्करणमा दोस्रो अर्धशतकबनाएकाहुन् । यसअघि उद्घाटन खेलमा लिटल फ्लावरकाविपिन रावलले (२४ बलमा ६ छक्का र ४ चौका सहितअविजित ५९ रन) अर्धशतकबनाएकाथिए ।
शारदालाई जिताउनअर्का ओपनर विरेन्द्र नाथले ४७ रन बनाए । ४५ बलको सामना गरेकाउनले ६ चौका र १ छक्का प्रहार गरे ।पहिलो विकेटकालागि राजन सिंह र विरेन्द्र नाथले एक सय १० रनको साझेदारी समेत गरे । भक्तपुर निष्टका लागि विज्ञानराजगौतमले मात्रै एक विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको भक्तपुर निष्टले १९ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ११७ रन बनायो ।सो पारीमादिपेन्द्र ऐरीले ३० र सोहनयादवले २३ रन बनाए ।
शारदाकालागिगोविन्द विष्ट, अरुण धामी र नरेन्द्र सावदले २-२ विकेट लिए । खेलमाशारदा विद्यानिकेतनका राजन सिंह म्यानअफ द म्याचभए । उनले नगद एक हजार पाँच सहय सहित ट्रफी पाए । आईतबार भएको दोस्रो खेलमाअत्तरीयाको सत्यवती एकेडेमीलाई शारदा माविले ५ विकेट किनारा लगाएको छ । टस जितेर पहिले व्याटिङ गर्दै सत्यवतीले १७दशमलव ९ ओभरमा सवै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो ।
सत्यवतीकालागि खगेन्द्र जोशीले ३३ रन र निरज भट्टले १८ रन बनाए । अन्य व्याट्सम्यानहरुले दोहोरो रन अंक छुन सकेनन् । शारदाकालागिअल्फास मंन्सुरीले ४ विकेट लिए । श्याम सुन्दर सावद र रिजन थापाले २-२ विकेट लिए । ८६ रनको विजयलक्ष्य पछ्याएको शारदाले ११दशमलव ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
शारदाकालागि सोनु अन्सारीले २८ रन र रिजन थापाले २० रन बनाए । सत्यवतीकालागि योगेश भाटले २ तथानिरज भट्ट, मणिराम भट्ट र अर्जुन तिवारीले १-१ विकेट लिए । खेलमा म्यन अफ द म्याचहुँदै अल्फास मंन्सुरीले नगद एक हजार पाँच सय सहित ट्रफी पाए । कार्तिक २६ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा सोमबार दुई खेल हुनेछन ।
पहिलो खेलमा सरस्वतीनमुनामावि र भक्तपुर निष्ट स्कुलतथा दोस्रो खेलमा लिटल फ्लावर स्कुल र लिटिल बुद्ध कञ्चनपुर बीचप्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजकभुपी सिंह धामीले जानकारी दिए । देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्तगर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताकाउत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगदपाँच-पाँचहजार रुपैयाँ र हरेक खेलकाम्यानअफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्तगर्नेछन् । लिगकम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोहीविद्यालयको कक्षा १० सम्मअध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपालीक्रिकेट खेलाडी समावेश छन् ।
प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्मअध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीयप्रतियोगिता सञ्चालनगर्ने पनिआयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादनगर्ने उद्देश्यले विगतचार वर्षदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताआयोजनागर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए ।





















प्रतिक्रिया