Logo

शेयर बजार

पूँजी बजारको सुस्त चाल बुधबार पनि कायमै



बुधबार पनि पूँजी बजार सुस्त भएको छ । मंगलबार सुस्त रहेको सेयर बजारले बुधबार पनि निरन्तरता लिएको हो । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४४ अंकले घटेर एक हजार एक सय ३८.०२ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि ०.४१ अंकले घटेर २४९.७१ अंकमा पुगेको हो ।

आज बजारमा १६० कम्पनीका ७ लाख ५० हजार ३३ कित्ता सेयर २० करोड ६२ लाख ५३ हजार ८४७ रुपैयाँमा कारोबार भएको हो । यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये चार समूह उकालो लागे भने बाँकी आठ समूह ओरालो लागे ।

उकालो लाग्नेमा जीवन बिमा समूह सर्वाधिक २१.३८ अंकले उकालो लाग्यो भने उत्पादन मुलक समूह सर्वाधिक ७.७६ अंकले ओरालो लाग्यो ।

आज बजारमा प्रभु बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ४ करोड ३६ लाख ७५ हजार ९६१ रुपैयाँमा कारोबार भएको हो । यस दिन साल्ट ट्रेडिङ्का लगानीकर्ताले सर्वाधिक ९.८८ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, महालक्ष्मि विकास बैंकका लगानीकर्ताले सर्वाधिक ४.२८ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार १२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।