मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव (शाखा अधिकृत स्तर) प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुँवरले चलाएको मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुग्दा गोरुगाडा अनियन्त्रित भई ढलेको थियो । गौरीगंगा-१० टीकाराम चौधरीको गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चार जना घाइते भएका छन् ।
उनीरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । स्वकीय सचिव कुँवरलाई चोट नलागेपनि उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया