Logo

गण्डकी प्रदेश

१ थान कस्तुरीको विना सहित ३ जना पक्राउ



रुपन्देही जिल्लाको देवदह नगरपालिका-१० भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव गाउँपालिका-२ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देही देवदह नगरपालिका-१० बस्ने बागलुङ नगरपालिका-६ घर भएका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।   

वन्यजन्तु कस्तुरीको विना ओसारपसार एवं कारोवार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त विना सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार  १० : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।