चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराति हृयदघातका कारण निधन भएको छ । ५१ वर्षीय भट्टराईको स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई काठमाडौँको चाबहिलस्थित ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनुअघि नै भट्टराईको बाटैमा निधन भएको अस्पतालले जनाएको छ । पछिल्लो ३ दसकयता चलचित्र क्षेत्रमा क्रियाशिल भट्टराई चलचिल निर्माता र निर्देशक समेत हुन् ।
उनले केही चलचित्रमा अभिनयसमेत गरेका थिए । भट्टराईले आफ्नो मान्छे, पाहुना, छोडी गए पाप लाग्ला, कर्मयोद्धा, देबरबाबु, सो सिम्पल लगायत चलचित्र निर्देशन गरेका थिए ।
भट्टराइको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । हृदयघात भएपछि आइतबार राति १० बजे उनको निधन भएको हो ।सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने जानकारी दिए ।
निर्माता तथा कलाकारसमेत रहेका भट्टराईले चलचित्र क्षेत्रमा उदाहरणीय योगदान गरेकाले उनलाई राष्ट्रिय सम्मान दिन लागिएको बास्कोटाल बताए । स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्तावलाई अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ ।
तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ ।





















प्रतिक्रिया