बागलुङ र सोलुखुम्बुबाट ५ थान भरुवा बन्दुक र ३ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल बुधबार प्रहरीले बरामद गरेको छ ।
जसमध्ये बागलुङ, बरेङ गाउँपालिका-१ नेउरेनी सामुदायिक वनस्थित पहरोको खोचमा घाँसपातले छोपी लुकाई राखेको अवस्थामा ४ थान एकनाले भरुवा बन्दुक र ३ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल ईलाका प्रहरी कार्यालय बरेङडाँडाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
यसैगरी सोलुखुम्बु, सोताङ गाउँपालिका-१ स्याउरे सामुदायिक वन नजिक बाटोको छेउबाट वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


















प्रतिक्रिया