गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको हो । त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा गत बुधबार राउतले महिला प्रहरी रमिसा श्रेष्ठमाथि दुव्र्यवहार गरेकी थिइन् ।
श्रेष्ठले अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसरमा दर्ता गरेको प्रहरीले जनाएको छ ।
परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी जारी भएको र आजै पक्राउ पर्ने सम्भावना रहेको छ ।
अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको बताइएको छ ।
भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपात र दुव्यवहार गरेको राउतले आरोप लगाएकी थिइन् ।
फेसबकुमार्फत राउतले बुधबार प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि राउतले अर्को भिडियो सार्वजनिक गर्दै फेसबुकमार्फत नै माफि मागेकी थिइन् ।
प्रहरीले बताए अनुसार आस्था भारतमै रहेकी छिन् ।





















प्रतिक्रिया