Logo

मनोरञ्जन

आनन्द एल रायको फिल्ममा बिहारी युवती बन्दै सारा, धनुषसँग गर्नेछिन् रोमान्स



बलिउड अभिनेत्री सारा अली खानको नयाँ फिल्म ‘लव आजकल २’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा उनी कार्तिक आर्यनसँग रोमान्स गर्दै देखिने छिन् । फिल्मको ट्रेलर निकै मन पराइएको छ ।

अहिले साराका फ्यानका लागी खुशीको खबर आएको छ । साराले निर्देशक आनन्द एल रायको फिल्म साइन गरेकी छिन् । यो फिल्ममा उनी राँझण फेम साउथ स्टार धनुसको साथमा देखिने छिन् । फिल्ममा सारा अलग रुपमा देखिँदै छिन् ।
यो फिल्ममा उनी एउटी देहाती बिहारी युवतीको भूमिका निर्वाह गर्दै छिन् । फिल्ममा उनी भोजपुरी बोल्छिन् । सारा अहिले वरुण धवनसँग ‘कुली नं १’ को सुटिङ गरिरहेकी छिन् । यो फिल्मको सुटिङ सकिएपछि उनी आनन्द एल रायको फिल्मको भुमिकाका लागी वर्कसपमा सहभागी हुनेछिन् ।

भोजपुरी भाषा सिक्न उनले व्यक्तिगत शिक्षक पनि राख्दै छिन् । यो फिल्ममा अक्षय कुमार पनि काम गर्दै छन् । अक्षयले यो फिल्मका लागी एक सय २० करोड पारिश्रमिक मागेका छन् । यो कमेडिका साथै रोमान्टिक फिल्म हुने बताइएको छ । एजेन्सी

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०९:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।