Logo

कोशी प्रदेश

६८ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पक्राउ



झापामा ६८ वर्षीया बृद्धा जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका-४ बस्ने ३५ वर्षीय बिशाल बिर्जालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित पाउपाथिभरा मन्दिर नजिक कलभर्टमा बुधबार राति ती बृद्धा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।