Logo

कोशी प्रदेश

३३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद



मोरङमा अवैध भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भण्डारण गरेको करिब ३३ लाख रुपैयाँ बराबरको ३ हजार २ सय ८३ पीस सर्ट, २३ पीस जम्फर र ३५ पीस पाईन्ट बिराटनगर महानगरपालिका-७ जलजला चोकस्थित तरुण कुमार साह (रौनियार)को गोदामबाट बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बरामद गरेको उक्त कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।