४६ वर्षीया ऐश्वर्या राय बच्चनले थोरै फिल्म खेले पनि उनका दर्शक र फ्यान घटेका छैनन् । उमेर बढे पनि ऐश्वर्याको सौन्दर्यको जादु कम भएको छैन् ।
उनी ठूलो पर्दामा पछिल्लोपटक सन् २०१८ मा ‘फन्ने खाँ’मा देखिएकी थिइन् । यो फिल्म बक्स अफिसमा भने असफल भयो । यसका बाबजुद पनि ऐश्वर्याको डिमान्ड कम भएको छैन् । धेरै फिल्म मेकर उनलाई लिएर फिल्म बनाउन चाहन्छन् ।
हालै सार्वजनिक एउटा खबरले ऐश्वर्याका फ्यान खुशी भएका छन् ।भारतिय मिडियाका अनुसार ऐश्वर्याले फिल्म निर्देशक प्रदीप सरकारको नयाँ फिल्ममा अभिनय गर्न स्वीकृति दिएकी छिन् ।
‘परिणीता’ र ‘मर्दानी’ जस्ता फिल्म बनाएका प्रदीप आफरनो नयाँ फिल्ममा ऐश्वर्यालाई खेलाउन चाहन्छन् । उनले हाफ्नो फिल्ममा अभिनय गर्न गरेको अनुरोध ऐश्वर्याले स्वीकारेकी छिज् । विनोदिनी दासी नामक अभिनेत्रीको बायोपिकमा बन्न लागेको यो फिल्को आधिकारीक घोषणा भने भएको छैन् । प्रदीपले जब यो फिल्म बनाउने विचार गरेका थिए, त्यति बेलै उनको दिमागमा ऐश्वर्याको नाम आएको थियो ।
विनोदीनि दनसीको जन्म सन् १८६२ मा भएको थियो । उनलाई नोटी विनोदीनिको नामबाट पनि चिनिन्थ्यो । उनले १२ वर्षको उमेरबाट अभिनय गर्न थालेकी थिइन् । १२ वर्षको करिअरका क्रममा विनोदीनिले ८० भन्दा धेरै भूमिका निर्वाह गरिन् । बंगालका महान सन्त रामकृष्ण परमहंशले पनि उनका नाटक हेरेका थिए ।
सन् १९९४ मा उनको जीवनमाथि ‘नोटी विनोदीनि’ नामक बंगाली फिल्म बनेको थियो । यो फिल्ममा देव श्री रायले उनको रोल निर्वाह गरेकी थिइन् । विनोदीनिको जीवनमा कयौँ उतारचढाव आए । उनले धेरै दुख भोगिन् । प्रदीप विनोदीनिको जीवनमा एक उत्कृष्ट फिल्म बन्ने दाबी गर्छन् । एजेन्सी





















प्रतिक्रिया