फुलको आँखामा फुलै संसार, ताराको आँखामा तारै संसार भनेझै लोकतन्त्र र सामाजिक न्यायप्रति अनवरत निश्चल दृष्टिकोण राख्ने सामाजिक अभियान्ता जो बिदेशी भूमिमा रहेरपनी नेपालमा भएका बिभिन्न घटनाहरुको बारेमा जानकारी राख्दै आएकी अभियान्ता अन्जना ढकाल जसले आफ्नो जिवनलाइ यसरि परिभाषित गछिन् ।
आखिर के रैछ त जिन्दगी ? जिवनमा जति मैले आज सम्म बुझे, हुन त (३) भाग अझै भोग्नु छ ! त्यो पनि सानो कोसीस मेरो हजुरहरुलाइ : केही सपना अधुरा रहे, केही बाचा अपूरा रहे, न चाहेका खुसीहरु पुरा भए ? न पाएका खुसियालीहरुले पूर्णता पाए ।
जसरी मरेको मानिसलाइ जति जलाउदा पनि अस्तु बाकी रहन्छ नि ! हो तेस्तै झै कयौं समन्ध र मानिस मरेर गए । यादहरु चाहिँ अमर रहे, कहिले चोटका खाता बसे, कहिले चोटिला नाताहरु नि खसे, सधै जिन्दगीले इसारामा चलायो, थाक्नु थाकायो, गल्नु गलायो, के गर्नु यस्तै रहेछ जिवन आफन्त र आफ्ना सङ टाधिनु पर्ने, परिवार सङग नि बाडिनु पर्ने !
एक मुठी सासको सुरक्षा गर्न बर्सौ सम्म भाडिनु पर्ने, आफुले चाहेर के पो हुँदो रहेछ ! घाम, पानी, हावा, हुरि, असिना, हिउँ, चट्याङ, रोग सबैको सिकार बन्नु पर्ने कतै सुनेको थिए । जिन्दगी एउटा सपना हो ! हामि कलाकार हौ भगवानले निर्देशन गर्नुहुन्छ ! त्यसैले त जिन्दगी सबैको फरक छ ।





















प्रतिक्रिया